सुनको मूल्यमा वृद्धि



न्युज अफ नेपाल, काठमाडौं ।

आज बजारमा सुनको मूल्य दुई सयले बढेको छ ।

शुक्रबार ८६ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ८६ हजार पाँच सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तेजावी सुनको प्रतितोला ८५ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो भने आज प्रतितोला ८६ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्