शेयर बजारमा लैंगिक समानता ल्याउन आईएफसी जोडियो



काठमाडौं, (नेस) 

शेयर बजारमा लैंगिक समानताका निम्ति चेतना जगाउन विश्व बैंक समूहको सदस्य आईएफसीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सहकार्य गर्ने भएको छ । अर्थ व्यवस्थामा महिलाको सहभागिताले कसरी दिगो र निजी क्षेत्रको विकासलाई प्रोत्साहित गर्न सक्छ भन्ने विषयमा काम हुनेछ ।नेप्सेका अध्यक्ष डा. लक्ष्मण न्यौपानेले भन्नुभयो–‘हामी पहिलोपटकँ लैंगिक समानताका लागि ‘घण्टी बजाओं’ कार्यक्रममा आईएफसी र युएन ग्लोबल कम्प्याक्ट नेपालसँग हात मिलाउन पाउँदा खुशी छौं

। विश्वभरि सयभन्दा बढी स्टक एक्सचेन्जको साथ हामी पनि भाग लिँदा उत्साहित छौं। हाम्रो श्रमशक्ति, अर्थ व्यवस्था र पुँजी बजारमा महिलाको बढी सहभागिता बढाउनु सही काम मात्र होइन, यसले बलियो निर्माणमा सहयोग पु¥याँछ ।’त्यस्तै नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले लैंगिक समानताको अर्थपूर्ण प्रगतिका लागि महिलाको वित्तीय साक्षरता महŒवपूर्ण रहेकोमा जोड दिनुभयो।संयुक्त राष्ट्र संघ ग्लोबल कम्प्याक्ट नेटवर्क नेपालका अध्यक्ष प्रदीपमान वैद्यले भन्नुभयो–‘विश्वव्यापी अर्थतन्त्रले विश्वव्यापी महामारीबाट मुक्त हुन संघर्ष गरिरहेको अवस्थामा महिलाको बढ्दो सहभागिताले पुनः प्राप्ति प्रक्रियालाई तीव्र बनाउन मद्दत पु¥याउन सक्छ, यसले थप समावेशी बनाएको छ,’ नेपालमा कर्पोरेट क्षेत्रको बोर्ड महिलाको प्रतिनिधित्व अत्यन्त कम छ।

हालसालै आईएफसीद्वारा गरिएको अध्ययनमा २० कम्पनीको १३२ बोर्ड सदस्यमध्ये जम्मा १२ जना ९ प्रतिशत महिला भएको देखिएकोे छ । कम्पनी ऐन २०६६ अनुसार कम्तिमा एक महिला शेयर सदस्य आवश्यक छ, १० सार्वजनिक कम्पनीमा केवल तीन महिला बोर्डमा छन्।आईएफसीका आवासीय प्रतिनिधि बाबाकार एस फायेले भने–‘ नेपालको कर्पोरेट क्षेत्रमा महिलाको सहभागिता बढाउन अझ धेरै कुरा गर्न बाँकी छ। दक्षिण एसियाको स्टक एक्सचेन्जमा गरिएको अनुसन्धानले महिला बोर्डमा भएका कम्पनीको वित्तीय प्रतिफल राम्रँे रहेको छ ।

प्रतिक्रिया दिनुहोस्