शेयर मूल्य र कारोबारमा उच्च वृद्धि



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बुधबार पनि दोहोरो अंकको वृद्धि कायमै रहेको छ । धेरै दिनपछि शेयर कारोबार रकममा पनि वृद्धि भएको छ । यस दिन नेप्से परिसूचक ४१ दशमलव ३६ अंकले बढेर २५७० दशमलव ३१ बिन्दुमा पुगेको छ ।

बुधबार २०८ वटा कम्पनीको १ करोड ६९ लाखभन्दा बढी कित्ता शेयर ६ अर्ब ६७ करोड ४४ लाख रुपिया“भन्दा बढीको शेयर किनबेच बिक्री भएको छ । यस दिन कारोबारमा आएका १३ समूहमध्ये हाइड्रोपावर समूहबाहेक १२ समूहको परिसूचक बढेको छ । जसमा व्यापार समूहको सूचक सबैभन्दा धेरै ९ दशमलव ४ प्रतिशतले बढेको छ । यस दिन कारोबारमा आएका १४६ कम्पनीको शेयरमूल्य बढेको छ भने २१ कम्पनीको शेयरमूल्य घटेको छ। त्यस्तै, ११ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

बुधबार नेपाल इन्फ्रस्ट्रक्चर बैंकको शेयर सबैभन्दा धेरै किनबेच भएको छ । यस कम्पनीको ६५ करोड रुपिया“भन्दा बढीको शेयर कारोबार भएको छ । त्यस्तै अपर तामाकोसीको ४१ करोड ५७ लाख, नेपाल बंगलादेश बैंकको ३४ करोड ५८ लाख, जलविद्युत् लगानी तथा विकास कम्पनीको २५ करोड १७ लाख र अपि पावरको १७ करोड रुपिया“ बराबरको शेयर कारोबार भएको छ । यस दिन साल्ट ट्रेडिङ र्कोरेशनको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने जलविद्युत लगानी तथा विकास कम्पनीको ९ दशमलव ९७ प्रतिशत, चन्द्रागिरी हिल्सको ९ दशमलव ९५ प्रतिशत, आरएसडीसी लघुवित्तको ९ दशमलव ९४ प्रतिशत, माउन्टेन हाइड्रोको ९दशमलव ९२ प्रतिशत र कालिका पावर कम्पनीको ९दशमलव ७६ प्रतिशतले बढेको छ ।

तर, रैराङ हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ३ दशमलव ६० प्रतिशतले घटेको छ भने अपर तामाकोसीको ३ दशमलव २६ प्रतिशत, साञ्जेन जलविद्युत्को ३ दशमलव २१ प्रतिशत, खानीखोला हाइड्रोपावरको २ दशमलव ३४ प्रतिशत, जोशी हाइड्रोको २ दशमलव २९ प्रतिशत र आ“खु खोला हाइड्रोको शेयर मूल्य १ दशमलव ९६ प्रतिशत घटेको छ ।

प्रतिक्रिया दिनुहोस्