एनएमबिद्वारा गैंडाकोट एग्रोमार्टमा क्युआर कोड सेवा



काठमाडौं, (नेस)  ।

एनएमबि बैंक गैंडाकोट शाखाबाट गैंडाकोट एग्रोमार्ट प्रालिद्वारा सञ्चालित मिनि मार्केट तथा हाट बजारमा अवस्थित व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गरेको छ । गैंडाकोट नगरपालिका–४ का वडा अध्यक्ष कृष्णप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । न्यौपानेले क्युआर कोडबाट व्यवसायीको खातामा रकम भुक्तानी गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

उक्त कार्यक्रममा एनएमबि बैंक गण्डकी प्रदेशका एरिया म्यानेजर अमृतराज बास्तोलाले क्युआर कोडबाट कारोबार गर्दा हुने फाइदा र यसको विकासका लागि नेपाल राष्ट्र बैंकले ल्याएको नीतिको बारेमा जानकारी दिनुभयो । उक्त कार्यक्रममा गंैडाकोट एग्रोमार्ट प्रालिका अध्यक्ष सालिकराम घिमिरेले पैसाको प्रत्यक्ष कारोबार गर्दा हुने जोखिम र विद्युतीय कारोबारले यसलाई कम गर्न सक्ने बारेमा बोल्नुभएको थियो ।

उक्त कार्यक्रममा गैंडाकोट एग्रोमार्ट प्रालिद्वारा सञ्चालित मिनि मार्केट तथा हाट बजारमा अवस्थित व्यवसायीहरुलाई आमन्त्रण गरी सम्पन्न गरीएको । उक्त कार्यक्रममा उपस्थित अतिथिबाट ३७ वटा पसलका व्यापारीलाई क्युआर कोड वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्