नेप्सेमा दोहोरो अंकको वृद्धि, पुँजी ३५ खर्ब पुग्न थाल्यो



काठमाडौं, (नेस) ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार दोहोरो अंकले बढेको छ । नेप्से १४ दशमलव ५७ अंकले बढेर २५२८ दशमलव ९५ बिन्दुमा पुगेको छ । कुल २०८ कम्पनीको एक करोड दुई लाख ७६ हजार कित्ता शेयर ५ अर्ब १४ करोड १८ लाख रुपियाँमा कारोबार भएसँगै नेप्सेमा सूचीकृत कम्पनीको समग्र बजार पुँजीकरण ३४ खर्ब ९२ अर्ब ५९ करोड १४ लाख रुपियाँभन्दा माथि पुगेको छ ।

त्यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि शून्य दशमलव शून्य ९ अंकले बढेर ४४८ दशमलव ८९ बिन्दुमा पुगेको छ । यस दिन कारोबार भएका १३ समूहमध्ये सात समूहको परिसूचक वृद्धि हुँदा बाँकी छ समूहको सूचक भने घटेको छ । जसमध्ये बैंकिङ समूह ६ दशमलव ६८, विकास बैंक समूह ६ दशमलव शून्य ५, वित्त समूह ७ दशमलव ७४, उत्पादन समूह ४२ दशमलव ३३, अन्य समूह ११ दशमलव ४१ र जीवन बीमा समूह ९८ दशमलव ७८ अंकले घटेको छ ।यस्तै व्यापार समूह ३४६ दशमलव ४६, होटल तथा पर्यटन १५५ दशमलव ५, जलविद्युत् १२९ दशमलव ८४, निर्जीवन बीमा समूह १७४ दशमलव शून्य ४, लघुवित्त ६९, सामूहिक लगानी कोष शून्य दशलव शून्य २ र लगानी समूह १ दशमलव शून्य ३ अंकले बढेको छ । मंगलबार कारोबारका आधारमा नेपाल पूर्वाधार बैंक अग्रस्थान स्थानमा रहेको छ । सो कम्पनीको ५२ करोड ६० लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ । य

स्तै माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीको ३२ करोड ८१ लाख, नेपाल बंगलादेश बैंकको २८ करोड ७१ लाख, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १५ करोड ५७ लाख, रसुवागढी हाइड्रोपावरको १३ करोड ७४ लाख, साल्ट टे«डिङ कर्पोरेशनको १२ करोड ५८ लाख, निर्धन उत्थान लघुवित्तको १२ करोड ४४ लाख, मेरो माइक्रोफाइनान्सको ११ करोड ८७ लाख, शिखर इन्स्योरेन्सको १० करोड ७६ लाख र अरुण काबेली पावरको १० करोड ४६ लाख रुपियाँको शेयर किनबेच भएको छ ।मंगलबार साल्ट टे«डिङको कारोबारमा सकारात्मक सर्किट लागेको छ । सो कम्पनीका शेयरधनीले १० प्रतिशतले कमाएका छन् । यस दिनको कारोबारमा उच्च कमाउनेमा चन्द्रागिरि हिल्स ९ दशमलव ९८, रसुवागढी हाइड्रोपावर ९ दशमलव ९७, कालिका पावर कम्पनी ९ दशमलव ९६, साञ्जेन जलविद्युत् कम्पनी ९ दशमलव ९४, वोमी माइक्रोफाइनान्स कम्पनी ९ दशमलव ९३, माथिल्लो तामाकोशी ९ दशमलव ९२, रैराङ हाइड्रोपावर ९ दशमलव ८९, सूर्योदय लघुवित्त ८ दशमलव ३५ र माहुली सामुदायिक लघुवित्तका लगानीकर्ताले ६ दशमलव शून्य ३ प्रतिशतले कमाएका छन् ।

उता पञ्चकन्या माई हाइड्रोपावर ४ दशमलव १५, सप्तकोशी डेभलपमेन्ट बैंक ३ दशमलव ६१, हिमालयन पावर पार्टर ३ दशमलव १३, अरुण भ्याली हाइड्रोपावर २ दशमलव ६९, यूनाइटेड फाइनान्स २ दशमलव शून्य ९, यूनिलिभर नेपाल १ दशमलव ९९, गुहेश्वरी मर्चेन्ट बैंकका लगानीकर्ताले १ दशमलव ८३ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्