राष्ट्र बैंकको प्रवक्तामा ढकाल



काठमाडौं, (नेस)।

नेपाल राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल नियुक्त हुनुभएको छ । बैंकका कार्यकारी निर्देशक ढकाललाई बंैक चैत १० गतेदेखि प्रवक्ता तोकिनुभएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

व्यवस्थापन विषयमा स्नातकोत्तर उपाधि हासिल गरी बैंकका विभिन्न विभागमा २५ वर्षदेखि कार्यरत रहनुभएका ढकाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक पनि हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्