एनएमबिको १२५ दिने निक्षेपमा आकर्षक योजना


काठमाडौं, (नेस) ।

एनएमबि बैंकले माघ महिनादेखि सर्वसाधारण ग्राहकलाई १२५ दिने मुद्दतीमा ७ दशमलव २५ प्रतिशतसम्म बार्षिक ब्याजदर (शून्य दशमलव ५ प्रतिशत प्रिमियम सहित) योजना ल्याएको छ ।

साना निक्षेपकर्तालाई बचत गर्न प्रोत्साहन गर्ने गरी निक्षेपमा आकर्षक योजना ल्याएको बैंकले जनाएको छ ।१८० शाखामा यो योजना सञ्चालनमा रहेकाले जुनसुकै शाखाबाट यो सुविधा प्राप्त गर्न सकिने बैंकको भनाइ छ । बैंकले १३६ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत् पनि सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।