ग्लोबल आइएमई बैंक र बोधी होल्डिङबीच सम्झौता सम्पन्न



काठमाडौं,(नेस) ।

ग्लोबल आइएमई  बैंक र बोधि होल्डिङबीच सहुलियत ब्याजदरमा आवासीय घर कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र बोधी होल्डिङ प्रालिका अध्यक्ष जलेश्वर पाण्डेले हस्ताक्षर गर्नुभएको छ ।
उक्त समझदारी अनुसार बैंकले बोधी होल्डिङ प्रालिले ओमसतिया ४, भैरहवा, रुपन्देहीमा निर्माण गर्ने आवासीय घर निर्माणपरियोजनामार्फत घर-जग्गा खरिद गर्न चाहने नेपाली नागरिकलाई सहज रुपमा सहुुलियत ब्याजदरमा घर कर्जा प्रवाह गर्नेछ ।

यसका साथै ग्लोबल आइएमई बैंक, बोधी होल्डिङ प्रालिले निर्माण गर्ने परियोजनाको बैकिङ पार्टनरको रुपमा पनि रहने छ । बैंकले २७० शाखा, २४२ एटीएम, २५५ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्