नेप्सेमा दोहोरो अंकको गिरावट



 काठमाडौं ।

नेपाल स्टक एक्सचेन्ज नेप्से  मंगलबार २३ दशमलव २२ अंकले घटेर २४६१ दशमलव ८८ बिन्दुमा झरेको छ । यस दिन कुल २१० कम्पनीको १ करोड २४ लाख कित्ता शेयर ४ अर्ब ७५ करोड २७ लाख रुपियाँभन्दा बढीमा कारोबार भएको छ ।

यस दिन कारोबार भएका १३ वटा समूहमध्ये तीन समूहको परिसूचक वृद्धि हुँदा १० समूहको परिसूचक ओरालो लागेको छ । होटल तथा पर्यटन, जलविद्यत् र सामूहिक लगानी कोष समूह बढेका छन् । तर, बैंकिङ, व्यापार, विकास बैंक, वित्त, निर्जीवन बीमा, उत्पादन, अन्य, लघुवित्त, जीवन बीमा र लगानी समूह घटेका छन् । कारोबार रकमका आधारमा शिखर इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६५ करोड ३५ लाख रुपियाँको कारोबार भएको छ । यस्तै माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको २९ करोड ६७ लाख, अरुण भ्याली हाइड्रोपावरको २९ करोड ३२ लाख रुपियाँको कारोबार भएको छ । नेपाल पूर्वाधार बैंकको २५ करोड ४९ लाख, नेपाल दूरसञ्चार कम्पनीको १७ करोड ६५ लाख, नेपाल इन्स्योरेन्स कम्पनीको १२ करोड ४५ लाख रुपियाँको कारोबार भएको छ ।

समग्र परिसूचक घटे पनि हिमालयन ऊर्जा विकास कम्पनी, चन्द्रागिरि हिल्स, नेपाल हाइड्रो डेभलपर, रैराङ हाइड्रोपावर, युनाइटेड फाइनान्स, पञ्चकन्या माई हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, कालिका पावर कम्पनी, घलेम्दी हाइड्रो र रिडी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस्तै, सपोर्ट माइक्रोफाइनान्स, मिथिला लघुवित्त, पोखरा फाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, ग्लोबल आइएमई बैंक, साधना लघुवित्त, मेरो माइक्रोफाइनान्स र युनाइटेड इदी मदी हाइड्रोपावरका लगानीकर्ताले भने गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्