आई–पे डिजिटल वालेटले अनुमति पायो



काठमाडौं, (नेस) ।

डिजिटल वालेट कम्पनी आई–पे डिजिटल वालेटलाई नेपाल राष्ट्र बैंकले भुक्तानी तथा फछ्र्याैट विनियमावली, २०७२ बमोजिम दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवा प्रदान गर्ने कार्यको लागि भुक्तानी सेवा प्रदायकको अनुमति दिएको छ।

आई–पेका अध्यक्ष अमृतमान तुलाधरका अनुसार आई–पे अनलाइन भुक्तानी द्वार र डिजिटल वालेट हो । जसले प्रयोगकर्ताहरुलाई इन्टरनेटको माध्यमबाट विभिन्न वस्तु तथा सेवा विभिन्न व्यवसायीबाट अनलाइन खरिद गर्न र सो को भुक्तानी पनि आई पे डिजिटल वालेटमार्फत सजिलै अनलाइन नै गर्न सकिने गरी मध्यस्थता गर्दछ।

त्यस्तै आई–पेका प्रमुख कार्यकारी अधिकृत अमिर महर्जनका अनुसार देशैभरी आई–पेका पाँच लाखभन्दा बढी सक्रीय प्रयोगकर्ता रहेका छन् भने एक हजारभन्दा बढी मेहनती एवम् क्रियाशील एजेन्ट रहेका छन् । विगत एक दशकदेखि मोबाइल रिचार्ज÷टपअप, बिजुली र पानीको बिल, इन्टरनेट तथा टेलिभिजनको बिल, फिल्म हलको टिकेटिङ, प्लेनको टिकेटिङ आदी लगायत ई–कमर्समार्फत् किनिएको सामान तथा सेवाको अनलाइन भुक्तानी गर्ने सेवा प्रदान गर्दै आएकोमा अबका दिनमा आफ्ना नेपाल भरिका प्रयोगकर्ताहरुको दैनिकी सहज बनाउन अझ नविनतम् डिजिटल वित्तिय सेवाहरु प्रदान गर्ने जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्