काठमाडौं, नेस ।
अघिल्लो दिन ४० अंकभन्दा बढीले बढेको नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक मंगलबार करिब ६० अंकले पहिरो गएको छ । यस दिन नेप्से ५९ दशमलव ७० अंकले घटेर २४५५ दशमलव ३३ बिन्दुमा झरेको छ । यससँगै नेप्सेमा सूचकिृत कम्पनीहरूको कुल बजार पुँजीकरण ३३ खर्ब ८२ अर्ब ८६ करोड ९९ लाख रुपियाँको हाराहारीमा झरेको छ ।
मंगलबार कुल २०८ कम्पनीको एक करोड ३१ लाख ६ हजार ७३८ कित्ता शेयर ६ अर्ब ११ ९६ करोड ३८ लाख रुपियाँको हाराहारीमा कारोबार भएको छ । यस दिन १३ समूहमध्ये दुई उपसमूहको परिसूचक उकालो लाग्दा ११ समूहको परिसूचक ओरालो लागेको छ । व्यापार र होटल तथा पर्यटन समूह बढ्दा बैंकिङ, विकास बैंक, जलविद्युत्, वित्त, निर्जीवन बीमा, उत्पादन, अन्य, लघुवित्त, जीवन बीमा, सामूहिक लगानी कोष र लगानी समूह ओरालो लागेका छन् ।
कारोवार रकमका आधारमा एशियन लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ ।
सो कम्पनीको २८ करोड २६ लाखको कारोबार भएको छ । त्यस्तै नेपाल पूर्वाधार बैंकको २५ करोड ८० लाख, नेपाल बैंकको २२ करोड ६९ लाख २६ हजार शिखर इन्स्योरेन्सको २१ करोड ६९ लाख, कुमारी बैंकको २० करोड ४८ लाख, नेपाल लाइफ इन्स्योरेन्सको २० करोड २३ लाख, एनआईसी एसिया बैंकको १७ करोड ७९ लाख, नबिल बैंकको १७ करोड पाँच लाख, हिमालयन डिस्टिलरीको १६ करोड ५९ लाखर ग्लोबल आइएमई बैंकको १५ करोड ९० लाख रुपियाँ बराबरको कारोबार भएको छ ।समग्र परिसूचकमा भारीि गिरावट आउँदा साल्ट टे«डिङका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतले कमाएका छन् । त्यसतै चन्द्रागिरि हिल्सको शेयर मूल्य ९ दशमलव ८९, हिमालयन पावर पार्टरको ८ दशमलव ८९ प्रतिशतले बढेको छ ।
त्यस्तैगरी एचआइडीसीएल। नेपाल इन्भेस्टमेन्ट डिवेञ्चर, गुडबिल फाइनान्स, मेरो माइक्रो फाइनान्सलगायतका कम्पनीका लगानीकर्ताले पनि सामान्य कमाएका छन् । तर, नेपाल हाइड्रो डेभलपमर, कर्पोरेट डेभलपमेन्ट बैंक, सिनर्जी पावर, साधाना लघुवित्त, गुह्येश्वरी मर्चेन्ट, लक्ष्मी इक्विटी फन्ड, मिर्मिरे माइक्रो फाइनान्स, सूर्योदय लघुवित्तका लगानीकर्ताले भने गुमाएका छन् ।