व्यवसायीको निर्वाचनमा राजनीतिक रङ



हेटौंडा, नेस  ।

मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजकुमार न्यौपाने सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को ओली समूहमा प्रवेश गर्नुभएको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माओेलीले उद्योग वाणिज्य संघ पूर्वकेन्द्रीय सदस्यसमेत रहनुभएका न्यौपानेलाई स्वागत गर्नुभएको हो ।

पत्रकार सम्मेलन गर्दै न्यौपानेले मकवानपुर उद्योग वाणिज्य संघको आगामी ५४औं वार्षिक साधारणसभामा अध्यक्षका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएको थियो । ‘समीकरण तुहिएको’ भन्दै अध्यक्षमा उम्मेदवारी घोषणाका निमित्त आयोजित कार्यक्रममा आफू कुनै पार्टीमा नरहेको बताउनुभएका उहाा एकाएक ओली समूहमा प्रवेश गरेपछि व्यबसायीको निर्वाचनले राजनीतिक रङ लिएको छ ।न्यौपाने दुई दिन नबित्दै ओली समूहमा प्रवेश गरेपछि हेटौंडाका केही व्यवसायी पार्टीकै हित सोच्ने व्यक्तिमात्र संघमा हाबी भएकोमा चिन्ता व्यक्त गरेका छन् ।

न्यौपाने समर्थक व्यवसायीले भने लोकतन्त्रमा कुनै पार्टीको विचार अंगीकार गर्नसक्ने स्वतन्त्रता रहेको बताएका छन् ।न्यौपानेले आफूले कुनै स्वार्थ नहेरी प्रधानमन्त्री ओलीको सिद्धान्त मन परेर प्रवेश गरेको जानकारी दिनुभयो । उहााले मान्छे भएपछि कुनै न कुनै पार्टीमा हुनुपर्ने हुादा आफूलाई ओलीको विचार मन परेको हुादा खुलेर पार्टी प्रवेश गरेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्