नेप्सेमा २९ दशमलव ०१ अंकको गिरावट



काठमाडौं । साताको पहिलो र दोस्रो दिन उकालो लागेको सेयर बजार आज मंगलबार ओरालो लागेको छ । साताको तेस्रो दिन आज सेयर कारोबार मापक नेप्से परिसूचक २९ दशमलव ०१ अंकले घटेर २ हजार ५ सय ३२ दशमलव ४६ मा झरेको छ ।

नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने अधिकांश समूह घटेका छन् । यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ८९ अंकले घटेको छ ।

दिनभर भएका ७१ हजार १ सय १२ कम्पनीका १ करोड ५९ लाख ८५ हजार १ सय ९८ कित्ता सेयर किनबेच भएका छन् ।

प्रतिक्रिया दिनुहोस्