मितव्ययी निर्वाचनका लागि पर्याप्त बजेट सरकारले दिने



काठमाडौं, (नेस)

प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक बजेटको व्यवस्था गर्नका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिबद्धता जनाउनुभएको छ । आर्थिक व्यवस्थापनका विषयमा निर्वाचन आयोगसँग भएको छलफलमा अर्थमन्त्री पौडेलले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवम् मितव्ययी निर्वाचनका लागि आवश्यक बजेट सरकारले उपलब्ध गराउने, बजेटको कुनै अभाव नहुने तथा सरकारको नीतिअनुसार वैदेशिक सहायताका सन्दर्भमा समेत अर्थ मन्त्रालयबाट पूर्ण सहयोग हुने प्रतिबद्धता जनाउनुभएको हो ।

कोरोना महामारीको समयमा निर्वाचन सञ्चालन तथा व्यवस्थापन गर्नुपरेकाले सबै प्रकारका खर्चमा मितव्ययिता, पारदर्शिता र जवाफदेहितामा समेत आयोगले ध्यान दिनुपर्ने अर्थमन्त्रीको सुुझाव थियो ।

छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी निर्वाचनका लागि आयोगबाट भइरहेका व्यवस्थापकीय कार्यबारे जानकारी दिँदै निर्धारित मितिमा नै निर्वाचन सम्पन्न गर्न गराउन र खर्चमा मितव्ययी रहने प्रतिबद्ध जनाउनुुभयो ।

कोरोना भाइरस संक्रमणलाई समेत मध्यनजर गरी सबै किसिमका निर्वाचनसम्बन्धी गतिविधि सञ्चालन गर्नुपर्ने भएकाले विगतको निर्वाचनका तुलनामा बजेट व्यवस्थापनमा नयाँर थप दबाब सिर्जना भएको बतानउनुभयो ।

प्रतिक्रिया दिनुहोस्