फोरजीमा सिम अपग्रेड गर्दा एनसेलमा निःशुल्क डाटा



काठमाडौं, (नेस)

एनसेल आजियाटाले थ्रीजीबाट फोरजीमा सिम अपग्रेड गर्ने ग्राहकका लागि बोनस योजना ल्याएको छ । यो योजनाअन्तर्गत फोरजीमा सिम अपग्रेड गर्ने ग्राहकले २ जीबी फोरबी डेटा बोनस स्वरुप प्राप्त गर्ने कम्पनीले जनाएको छ । यो योजना एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’अन्तर्गत ल्याएको हो ।

सिम अपग्रेड गर्न ग्राहकले नजिकैको एनसेल सेन्टर, एनसेल पसल वा एनसेलको आधिकारिक बिक्रेतामार्फत आफ्नो सिमकार्ड बिना कुनै शुल्क फोरजीमा अपगे्रड गर्न सक्छन् । ग्राहकले आफ्नो प्रयोगमा रहेको थ्रीजी सिमकार्ड दिई फोरजी सिम लिएर दु्रतगतिको इन्टरनेट सेवाबाट फाइदा लिन सक्छन् ।

यो योजनाअन्तर्गतको बोनस फोरजी डेटा सात दिनको लागि माअन्य रहनेछ । फोरजीमा अपग्रेड गरेपछि ग्राहकले पाउने अरु सेवा सुविधामा डेटा प्याक खरिदमा बोनस डेटा, राम्रो डेटा सेवाको अनुभव, कन्ट्याक्ट तथा एसएमएस सेभ गर्न अझै धेरै मेमोरी आदी रहेका छन् ।

फोरजी सेवा प्रयोगको लागि ग्राहकलाई फोरजी सिम, फोरजी सपोर्ट गर्ने मोबाइल र फोरजी नेटवर्क कभरेज भएको ठाउँ हुनुपर्दछ । ग्राहकले आफूले प्रयोग गरेको सिम कार्ड फोरजी सिमहो कि होइन भनेर एस्ट्रिक्स ३२४ ह्यास डायल गरी वा अंग्रेजीमाअक्षर ठूलो ‘क्यिू’ लेखी ३२४ मा एसएमएस पठाई स्टेटस् थाहा पाउन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्