एनसेलले ल्यायो ‘बिजप्लस’ प्लान र ‘माया’ च्याटबोट सेवा



काठमाडौं, (नेस)

एनसेल आजियाटा लिमिटेडले सानादेखि ठूला सबै प्रकारका उद्योग, प्रतिष्ठान र कार्यालयलाई आवश्यकताअनुसारको सेवा प्रवाह गर्न ‘बिजप्लस’ प्लान सञ्चालनमा ल्याएको छ । कोरोना महामारीका कारण देशभरका साना, ठूला सबै प्रकारका उद्योगधन्दा, कलकारखाना र व्यवसायले विभिन्न चुनौतीको सामना गर्नु परिरहेको सन्दर्भमा एनसेलले सञ्चालनमा रहेको आफ्नो फास्ट फरवार्ड लाइफ अभियानअन्तर्गत नयाँ बिजप्लस प्लान ल्याएको हो ।

यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्ने छ । नयाँ बिजप्लस प्लानहरु साना तथा मझौला व्यावसाय, ठूला उद्योग र सरकारी कार्यालयहरुलाई लक्षित गरी ल्याइएको छ । साना तथा मझौला उद्योग र सरकारी कार्यालय तथा निकायले ३० दिनकालागि कर बाहेक १४९ रुपियाँबाट शुरु हुने बिजप्लस प्लान लिन सक्छन् भने ठूला उद्योग तथा कर्पोरेटले मासिक करबाहेक २९९ रुपियाँबाट शुरु हुने प्लान सुचारु गर्न सक्छन् ।

एनसेल आजियाटा लिमिटेडले आफ्नो डिजिटल ट्रान्सर्फमेसन योजनाअनुरुप आफ्ना ग्राहककालागि च्याटबोट सेवा ‘माया’ सुरु गरेको छ । यो च्याट सेवाको डिजिटल प्लेटफर्म मार्फत ग्राहकले एनसेलको सेवातथा सुविधाहरुकाबारेमा जानकारी सजिलै लिन सक्छन् ।

यसैबीच च्याटबोट सेवा ‘माया’ एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’अन्तर्गत ल्याएको छ । यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्दछ । यो सेवा एनसेलको आधिकारिक फेसबुक मेसेन्जर, भाइबर, ह्वाटस एप र वेबसाइटमा उपलब्धछ । जसअन्तर्गत एनसेलका ग्राहकले च्याटबोटमार्फत एनसेलको सेवा लिन, आफ्ना प्रश्न वा गुनासोहरु राख्न सक्छन् ।

्च्यारटबोट सेवा ‘माया’ माघ ४ गते देखि एनसेललका सबै आधिकारिक सामाजिक सञ्जाल पेज वा ह्याण्डलमा उपलब्ध भएका छन् । यस प्लेटफर्म मार्फत ग्राहकले भ्वाइस तथा डेटा प्याक खरिद गर्न, भिसातथा मास्टर कार्डबाट रिचार्ज गर्न, एनसेलको सेवा तथा सुविधाको बारेमा कुनै जिज्ञासा राख्न, ब्यालेन्स चेक गर्न, अफरहरुको बारेमा जानकारी लिनतथाकुनै गुनासो भए राख्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्