पिपुल्स हाइड्रोको आईपीओ आउँदै

0
Shares

काठमाडौं, (नेस)

पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले लमजुङ जिल्लामा ५४ मेगावाट क्षमताको सुपर दोर्दी जलविद्युत् आयोजना ‘ख’ निर्माण गरिरहेको छ ।

सो आयोजनामा लगानी गर्न आवश्यक स्वपुँजीसमेत लगानी गर्न कम्पनीले आफ्नो जारी पुँजी दुई अर्व ७५ करोडमध्ये ८२ करोड ५० लाख रुपियाँ बराबरको सय रुपियाँ अंकित दरको ८२ लाख ५० हजार कित्ता साधारण शेयर (आईपीओ) आयोजना प्रभावित क्षेत्रका स्थानीयबासी तथा सर्वसाधारण लगानीकर्तामा निष्काशन गर्नको लागि सानिमा क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

त्यसका निम्ति सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसे र पिपुल्स हाइड्रोपावर कम्पनीका प्रवन्ध निर्देशक केशवबहादुर रायमाझीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

Skip This