एनएमबि बैंकको लाभांश पारित



काठमाडौं, (नेस)

एनएमबि बैंकले २५औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको अध्यक्षतामा सम्पन्न साधारण सभाले एनएमबि बैंकको आर्थिक वर्ष २०७६/७७ को वितरण योग्य मुनाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको १३ प्रतिशत बोनस शेयर र ३ दशमलव २ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

उक्त सभाले बैंकले अधिकृत पुँजी १६ अर्बबाट वृद्धि गरी २० अर्ब पु-याउने प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्