व्यापार घाटा ४७५ अर्बमा झ-यो



नेपाल समाचारपत्र, काठमाडौं ।

चालु आर्थिक वर्षको पाँच महिनामा कुल वस्तु निर्यात ५ दशमलव १ प्रतिशतले वृद्धि भई ५० अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २७ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुक
तर्फ क्रमशः ८ दशमलव ६ प्रतिशत र शँन्य दशमलव ८ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्पm ५५ दशमलव २ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), चाउचाउ, पश्मिनालगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, उनी गलैंचा, लत्ताकपडा लगायतका वस्तुको निर्यात घटेको छ । आर्थिक वर्षको पाँच महिनामा कुल वस्तु आयात ९ दशमलव ६ प्रतिशतले घटेर ५२५ अर्ब ५० करोड कायम भएकोछ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४ दशमलव २ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १ दशमलव १ प्रतिशत, २४ दशमलव ४ प्रतिशत र २० दशमलव ८ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा कच्चा सोयाविन तेल, चामल, एमएस बिलेट, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, कोइलालगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, हवाई जहाजका पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपुर्जालगायतका वस्तुको आयात घटेको छ ।

निर्याततपफ सुख्खा बन्दरगाह, विराटनगर, कैलाली, तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ भैरहवा, विराटनगर, नेपालगन्ज, कृष्णनगर, कैलाली र कन्चनपुर भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ । पाँच महिनामा कुल वस्तु व्यापार घाटा १० दशमलव ९ प्रतिशतले घटी ४७५ अर्ब ४४ करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ६ दशमलव ३ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात– आयात अनुपात ९ दशमलव ५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८ दशमलव २ प्रतिशत रहेको थियो । वार्षिक विन्दुगत आधारमा मंसिर महिनामा भन्सार तथ्यांकमा आधारित निर्यातको एकाइ मूल्य सूचकांक १ दशमलव ७ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकांक २ प्रतिशतले घटेको छ । मंसिर महिनामा ३ दशमलव २ प्रतिशतले बढेको व्यापारको शर्त मंसिर महिनामा ३ दशमलव ८ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्