लमजुङ उद्योग वाणिज्य संघमा सिलवाल विजयी



लमजुङ । लमजुङ उद्योग वाणिज्य संघको चुनावमा अध्यक्षका उम्मेद्वार गुणराज सिलवालसहित लोकतान्त्रिक समूह विजयी भएको छ । सिलवालले प्रगतिशील समूहका प्रतिस्पर्धी श्रीकृष्ण लामिछानेलाई ३१४ मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो ।

सिलवालले १३५९ मत ल्याउँदा लामिछानेले १०४५ मत ल्याउनुभएको थियो । यस्तै संघको प्रथम उपाध्यक्षमा मृगेन्द्र घिमिरे निर्वाचित हुनुभएको छ । उहाँले निकटतम् प्रतिद्वन्दी विकास श्रेष्ठलाई १५९ मतले पछि पार्दै निर्वाचित हुनुभएको हो ।

द्वितीय उपाध्यक्षमा भरतकुमार श्रेष्ठले प्रतिद्वन्दी भरतबहादुर विष्टलाई ३२२ मतान्तरले पारजित गर्नुभएको छ । तृतीय उपाध्यक्षमा कृष्णजंग गुरुङले प्रतिद्वन्द्वी रवीन विश्वकर्मालाई ४१८ मतले पछि पार्नु भएको छ । महिला सदस्यमा आईशा मिया“ र मनु पन्त विजयी हुनुभएको छ् । खुला सदस्यमा शिवराम सिलवाल, सुरेशकुमार प्रधान र प्रदीप बस्नेतलगायत निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्