मंसिरमा मात्रै ३ सय ४७ पटक भ्याप्प–झ्याप्प बत्ति गयो



नेपाल समाचारपत्र, काठमाडौं
अघिल्ला वर्षको तुलनामा छिनछिनमा विद्युत् जाने (ट्रिपिङ) को समस्या घट्दै गएको नेपाल विद्युत प्राधिकरणको दाबी छ । प्राधिकरणका अनुसार काठमाडौं उपत्यकामा मंसिर महिनामा मात्रै ३ सय ४७ पटक ट्रिपिङ भएको छ । काठमाडौं उपत्यका र यस आसपासका जिल्लामा विद्युत् आपूर्ति गर्ने १४ वटा सबस्टेसनमा ट्रिपिङ हुँदा २२ घण्टा विद्युत् अवरोध भएको छ । गत वर्षको मंसिरमा ५ सय ७७ पटक ट्रिपिङ भई ६५ घण्टा विद्युत् आपूर्ति बन्द भएको थियो ।

प्राधिकरणका अनुसार काठमाडौं उपत्यकामा मंसिर महिनामा मात्रै ३ सय ४७ पटक ट्रिपिङ भएको छ । काठमाडौं उपत्यका र यस आसपासका जिल्लामा विद्युत् आपूर्ति गर्ने १४ वटा सबस्टेसनमा ट्रिपिङ हुँदा २२ घण्टा विद्युत् अवरोध भएको छ । गत वर्षको मंसिरमा ५ सय ७७ पटक ट्रिपिङ भई ६५ घण्टा विद्युत् आपूर्ति बन्द भएको थियो ।

माग अनुसार आपूर्तिका लागि पर्याप्त विद्युत् रहेकाले विद्युत् कटौती (लोडसेडिङ) नगरिएको प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताउनुभयो । शाक्यले सडक तथा खानेपानी पाइप विस्तारका कारण भूमिगत केबलमा क्षति पुग्ने, केही स्थापनमा पोल तथा टान्सर्फमर सार्नुपर्र्नेलगायतका प्राविधिक कारणले त्यस आसपासका क्षेत्रमा केही समय विद्युत् कटौती भएको हुनसक्ने उल्लेख गर्दै भन्नुभयो– ‘अहिलेसम्मको डाटा हेर्दा गत वर्षको पुसमा भन्दा यस वर्ष ट्रिपिङ कम भएको छ, विगतमा चालिएका सुधारबाट यस वर्ष र यस वर्ष गरिएका कामबाट अर्को वर्ष नतिजा देखिन्छ, प्रणालीमा आउने प्राविधिक गडबडीले केहीबेर झ्याप्प बत्ती जाँदैमा उपभोक्ताले त्यसलाई लोडसेडिङ भयो भन्ने बुझेर डराउनुपर्दैन, प्रणालीमा पर्याप्त विद्युत् छ, लोडसेडिङ हाम्रो इतिहास बनिसकेको छ ।’

ट्रिपिङ बढी हुने सबस्टेसनको पहिचान गरी सुधार गर्न, त्यहाँको लोड अन्यत्र सार्नेलगायतका काम निरन्तर भइरहेको शाक्यले बताउनुभयो । माग धान्न नसक्ने अवस्थामा (ओभरलोड) रहेका ट्रान्सफर्मर फेर्ने, बिदाको दिन लाइन सुधार गर्ने र त्यसका लागि लाग्ने समय घटाउनेलगायतका काम गर्दै विद्युत् आपूर्तिमा सुधार गर्ने काम भइरहेको शाक्यको भनाइ छ ।

सडक विस्तार, खानेपानीको पाइप जडान, विद्युत्का पोल सार्न, ट्रान्सफर्मर बदल्न, वितरण प्रणालीेको मर्मत सम्भारलगायतका काम गर्न विद्युत् आपूर्ति बन्द गर्ने क्रम पनि घटेको दाबी गर्दै गत वर्षको मंसिरमा यी काम गर्न ४ सय ९१ पटक विद्युत् आपूर्ति बन्द (सटडाउन) गरिएकोमा यस वर्ष ३ सय ६२ पटकमात्रै गरिएको उहाँको दाबी छ ।

 

 

प्रतिक्रिया दिनुहोस्