तिब्र गतिको हाइपरलुपले सफल मानव परीक्षण



एजेन्सी ।

भर्जिन हाइपरलुपले अमेरिकाको लसभेगासमा तिब्र गतिको पारवहन प्रणालीमा मानवलाई सुरक्षित यात्रा गराउने सफल परीक्षण गरेको छ । यो प्रणाली बुलेट ट्रेन भन्दा चार गुणा र बोइंग ७४७ विमान भन्दा दुई गुणा भन्दा बढी तिब्र बेगको हुनेछ । हाइपरलुपको परीक्षणका क्रममा लस भेगासको मरुभुमीमा बनाइएको ५ सय मिटर लामो भ्याकुम ट्युब परीक्षणमा दुई कार्यकारी अधिकृतले ५ सय मीटर दुरी मात्र १३ सेकेन्डमा पुरा गरे ।

६ दशमलव २५ सेकेन्डमा नै १ सय ७२ किलोमिटर प्रतिघन्टाको गति हासिल गरेको थियो । मानव सहितको परीक्षण अघि बिना यात्री यसको ४ सय सफल परीक्षण गरिएको थियो । सन् २०१२१ मा विश्वको सबैभन्दा छिटो कुद्ने पारवहन प्रणालीले आकार लिनेछ । भर्जिन हाइपरलुपले वेस्ट भर्जिनियामा २०२२ सम्ममा ९ हजार ६ सय मिटर परीक्षण ट्य्राक बनाउने लक्ष्य लिएको छ ।

यसमा करिब ५ अर्ब डलर खर्च लाग्ने छ । सन् २०३० सम्म १ हजार किलोमिटर प्रतिघन्टाको गति हासिल गर्ने लक्ष्य रहेकोछ ।भर्जिन समुहका संस्थापक रिचर्ड ब्रेन्सनले भने, हाइपरलुपको वास्तविक पोडमा २८ सिट हुनेछ र दुई सिटको पोडको परीक्षणको उद्देस्य यसमा यात्री सुरक्षित यात्रा गर्न सक्छ भन्ने देखाउनु थियो । यो आविस्कारले भविष्यमा मान्छेलाई कुनै पनि ठाउँमा बस्न र काम गर्न तथा आउन जाने तरिकालाई सहज बनाउने छ । यसमा १ घन्टामा ३० हजा यात्री ल्याउने क्षमता हुने छ ।

हाइपरलुपमा यात्रा गर्ने पहिलो ब्यक्ती तथा भर्जिन हाइपरलुप प्रमुख टेक्नोलोजी अधिकृत गिगले भने, कहिले यताबाट उता पुग्यो, चालै पाएन , न त कुनै झट्का महसुस नै भयो । हाम्रो लक्ष्य सन् २०२५ सम्म २८ यात्रु बोक्ने वाहनलाई वास्तविक स्वरुप दिलाउनु हो ।भर्जिन हाइपरलुपले सन् २०१९ देखि मुम्बई देखि पुणेबीचको १ सय ४० किलोमिटरको दुरी ३५ मिनेटमा पुरा गने प्रणाली विकसित गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्