आईसीपी लक्ष्यअनुसारको राजस्व संकलनमा असफल



 

कृष्णउदास खनाल, वीरगन्ज
कोरोना कहरसहित नेपाल–भारत सीमा नाका बन्द रहेका कारण एकीकृत भन्सार जा“च चौकी (आईसीपी) ले चालू आर्थिक वर्षको मंसिर महिनासम्म लक्ष्यअनुसारको राजस्व असुलीमा असफल भएको छ ।
संघीय सरकारले भन्सार कार्यालयलाई चालू आर्थिक वर्षको साउनदेखि मंसिरसम्म पा“च महिनाभित्र ६५ अर्ब २५ करोड ५५ लाख रुपिया“ राजस्व उठाउने लक्ष्य दिएकामा सो कार्यालयले यो अवधिमा ५८ अर्ब १५ करोड ८९ लाख रुपिया“ मात्र राजस्व उठाउन सकेको हो । सो रकम लक्ष्यको तुलनामा ११ प्रतिशतले कम देखिएको छ, भन्सार अधिकृत शैलेन्द्र अधिकारीका अनुसार भारत तथा तेस्रो मुलुकबाट आउने सवारी साधनलगायत अन्य सामान सोचे जस्तो आउन नसकेकाले सो अवधिमा लक्ष्य भेट्टाउन नसकिएको हो । संघीय सरकारले सो भन्सार कार्यालयलाई आव २०७७÷७८ का लागि १ खर्ब ७१ अर्ब रुपिया“ राजस्व उठाउन लक्ष्य दिएको छ ।
सो अवधिमा नेपालबाट सनप्mलावर तेल, डाबरका उत्पादन, खाने तेललगायतका १५ अर्ब ५८ करोड रुपिया“को सामान भारततर्फ निकासी भएको उक्त कार्यालयको तथ्यांकमा उल्लेख छ । कोरोना महामारी तथा सीमा नाका बन्द हु“दा भारततर्फ निकासी हुने सामानमा समेत प्रभाव पर्न गएको हो । सो अवधिमा वीरगन्ज नाकाबाट ९ अर्ब १० करोड रुपिया“ बराबरको ६ करोड ३१ लाख किलो भटमासको तेल भारततर्फ निकासी भएको भन्सार अधिकृत रमेश सुकमनीले बताउनुभयो । तेस्रो मुलुक अर्जेन्टिना, ब्राजिल, युक्रेन, इण्डोनेशियालगायतका देशबाट व्यापारीले भटमासको अर्धप्रशोधित तेल आयात गर्ने गरेको छ । नेपालबाट भारत निकासी हुने मुख्य वस्तुको शीर्ष स्थानमा भटमासको प्रशोधित तेल रहेको छ । अघिल्लो वर्षसम्म पाम आयलको भारत निकासी उच्च रहे पनि भारत सरकारले सो तेलको आयातमा प्रतिबन्ध लगाएपछि उद्योगी व्यवसायीले भटमासको तेलको निकासी बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस्