टेलिकमकोे जाडोमा न्यानो अफर



काठमाडौं, (नेस) ।

नेपाल टेलिकमले एफटीटीएच सेवाका ग्राहकका लागि एफटीटीएच–जाडोमा न्यानो अफर उपलब्ध गराएको छ । यस योजनामा २० एमबीपीएस वा सोभन्दा बढीको वार्षिक प्याकेज लिने एफटीटीएच सेवाका ग्राहकका मोबाइलमा दैनिक ३ सय एमबी डाटा एफटीटीएच–जाडोमा न्यानो अफर स्वरुप उपलब्ध गराउने छ । यो अफर पुस १ गतेदेखि कार्यान्वयनमा आइसकेको छ ।

एफटीटीएच (फाइबर टु द होम) लाइन जडान गरी २० एमबीपीएस वा सोभन्दा बढी स्पिडको वार्षिक प्याकेज लिने, पहिले लिइरहेको प्याकेजलाई २० एमबीपीएस वा सोभन्दा बढी स्पिडको वार्षिक प्याकेजमा स्तरोन्नती गर्ने तथा सोही प्याकेज एक वर्ष नवीकरण गर्ने ग्राहकको मोबाइलमा दैनिक ३ सय एमबी डाटा उपलब्ध गराइने छ ।

त्यसैगरी एफटीटीएच जडानका लागि आवश्यक सीपीई र १ सय मिटरसम्म ड्रप फाइबरसमेत निःशुल्क उपलब्ध हुनेछ । यसका लागि ग्राहकले एफटीटीएच आवेदन फारामको ग्राहक सम्पर्क नम्बरमा आफ्नो मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ । यसअघि नै कायम रहेका ग्राहकले आफ्नो मोबाइल नम्बर नजिकको दूरसञ्चार कार्यालयमा उपलब्ध गराउन सक्नुहुनेछ । एफटीटीएच जडान भएपश्चात् सो नम्बरमार्फत एसिट्रक १४१६ ह्यास डायल गरी प्राप्त निर्देशन बमोजिम प्रतिदिन ३ सय एमबी निःशुल्क डाटा एक्टिभ गर्न सकिनेछ । यो डाटा टुजी/थ्रीजी/फोरजी सबै नेटवर्कमा, २४सैं घण्टा सबै किसिमका विषयका लागि उपयोग गर्न सकिन्छ । मोबाइलमा एकपटक दैनिक निःशुल्क डाटा एक्टिभ गरेपश्चात् उक्त नम्बरमा एक वर्षसम्म हरेक दिन ३०० एमबी डाटा स्वतः निःशुल्क उपलब्ध हुनेछ । संस्थागत ग्राहकले पनि व्यक्तिगत ग्राहकले जस्तैगरी मोबाइलमा निःशुल्क डाटा प्याक एक्टिभ गर्न सक्नेछन् । हाल नयाँ एफटीटीएच लाइन जडान गरी एक वर्षको लागि २० एमबीपीएसको अनलिमिटेड इन्टरनेट प्याकेज लिंँदा सबै करसहित जम्मा १३ हजार रुपियाँ शुल्क लाग्छ । यो अफर कम्पनीले उपलब्ध गराइरहेको २० एमबीपीएसलगायत २५, ५० र ६० एमबीपीएसका सेवामा पनि उपलब्ध छ ।

एफटीटीएच–जाडोमा न्यानो अफर लिने ग्राहकले वार्षिक रुपमा १३ हजार रुपियाँमा अत्याधिक सुविधा उपयोग गर्न पाउनेछन् । यस अफरमा दैनिक ३ सय एमबीपीएस डाटा ९प्रचलित मूल्य वार्षिक रुपमा १० हजारभन्दा बढी०, निःशुल्क पाइने सिपीई ९प्रचलित मूल्य २ हजार ८२५ रुपियाँ० र एकसय मिटर ड्रप फाइबर ९प्रचलित मूल्य एक हजार० गरी कूल १३ हजारभन्दा बढी रकम बराबरको सहुलियत प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्