ओली सरकारविरुद्ध कांग्रेसको प्रदर्शन



उत्तम नेपाल, भद्रपुर ।

केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीपछि नेपाली कांङ्ग्रेसले पनि देशव्यापी प्रदर्शन गरेको छ । त्यस क्रममा झापामा हजारौंले प्रदर्शनमा सहभागिता जनाएका छन् ।

दिउँसो १२ः३० बजे जिल्लाका सबै पालिकाबाट कनकाई नगरपालिकाको सुरुङ्गामा भेला भएर विरोध प्रदर्शन भएको थियो । मोटरसाइकल र्‍यालीमा लगभग १० हजारको सहभागिता रहेको थियो । र्‍याली बिर्तामोड–६ को सुगम पेट्रोल पम्पनजिक पुगेर कोणसभामा परिणत भएको थियो । सरकारविरुद्ध झापाको बिर्तामोडमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले ओली सरकारले नागरिकलाई पूर्णरूपमा निराश बनाएको बताउँनुभयो । डा. महतले सरकारको कार्यशैली र व्यवहारका कारण आम नागरिकमा सरकारप्रति व्यापक वितृष्णा फैलिएको दाबी गर्नुभयो ।

ओली सरकारको पालामा भ्रष्टाचार बढेको भन्दै उहाँले ओलीले सत्ता हस्तान्तरण नगरेपछि पछिल्लो समय प्रचण्ड र माधवकुमार नेपाल विरोधमा उत्रिएको बताउनुभयो । कोरोना महामारीको उपचारमा खर्च गर्न नसक्ने सरकारले नेता तथा कार्यकर्तालाई करोडौं रुपियाँ छुट्याइरहेको उहाँको जिकिर छ । कम्युनिस्ट पार्टीले मतदान गर्ने नागरिकलाई धोका दिएको भन्दै उहाँले ओली सरकार जनताको नभएर कम्युनिस्ट पार्टीको सरकार भएको तर्क गर्नुभयो ।

छिमेकी देशबाट आउने डेलिकेसन देशको समस्यामा भन्दा पनि आफ्नो पक्षमा पार्नका लागि पहल गरिएको महतले आरोप छ । कांग्रेसले हार्‍यो, सकियो, भन्ने भ्रम कतिलाई रहेको भन्दै उहाँले भन्नुभयो– ‘कसैले तानेर र हाँगा काट्न खोजेर कांग्रेस सकिँदैन ।’

राजावादीको प्रदर्शनप्रति लक्षित गरी ‘संवैधानिक राजालाई कांग्रेसले मानेको स्मरण गर्दै महतले बहुजातीय नागरिक रहेको देशमा हिन्दू धर्मको वकालत गर्नु आवश्यक नभएको बताउनुभयो । हिन्दूसँगै सबै धर्म नेपालको पहिचान भएको नेता महतको भनाइ छ ।

त्यस्तै, पूर्वमन्त्री केशवकुमार बुढाथोकीले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुव्र्यवहारप्रति आपत्ति जनाउनुभयो ।
मुलुकले ठोस संविधान पाए पनि कम्युनिस्ट सरकारले संविधानलाई कागजको खोस्टा बनाउने प्रयत्न गरेको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस्