कति छ आज सुनको मूल्य ?



न्युज अफ नेपाल, काठमाडौं ।

केहि दिनदेखि नेपाली बजारमा स्थिर रहेको सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । आइतबार सुनको मूल्य प्रतितोला ९२ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९२ हजार ४ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९१ हजार ९५० निर्धारण गरिएको छ । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १२०० रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्