नाफिजको नयाँ नेतृत्व चयन



काठमाडौं, (नेस) । 

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को पाँचौं महासभाले १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सभाले नाफिजको अध्यक्षमा द राइजिङ नेपालका मोदनाथ ढकाललाई निर्विरोध निर्वाचित गरेको छ । यस्तै रेडियो नेपालका भुवन आचार्य र आर्थिकन्युजकी मेनुका कार्की उपाध्यक्षमा चयन भएका छन् ।

महासचिवमा कर्पोरेट नेपालका नारायण पौडेल तथा सचिवमा अनलाइन खबरका रोयल आचार्य निर्वाचित भए भने सहसचिवमा बिजपाटीका अजमत अली र नोटबजारका परमेश्वर अधिकारी कोषाध्यक्षमा चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा आर्थिक अभियानकी प्रजिता बुढाथोकी, रोजगार मिडियाका फणिन्द्र दाहाल, बाह्रखरीका रोविन पौडेल, अनलाइन खबरका नवीन ढुंगाना र नेपाल खबरका दीपक भट्ट चयन भएका छन् भने नयाँ कार्यसमितिको पहिलो बैठकले गोरखापत्र दैनिकका गोपालचन्द्र सुवेदी र क्लिकमान्डुकी दिलु कार्कीलाई कार्यसमिति सदस्यमा मनोनित गरेको छ । संस्थाका निवर्तमान अध्यक्ष सिताराम भट्टराई पदेन सदस्य हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्