हेर्नुहोस आज कति छ सुन चाँदीको मूल्य ?



काठमाडौं ।

आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिंजो तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९२ हजार ५० रुपैयाँमा कारोबार भएको छ । यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ ।

हिंजो तोलामा १२०० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्