बजेट र मौद्रित नीतिका कार्यक्रम कार्यान्वयन हुन्छ : अर्थमन्त्री



नेपाल समाचारपत्र, काठमाडौं
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ को प्रभाव न्यूनीकरणलाई केन्द्रित गरी वित्त र मौद्रिक नीतिमा ल्याइएका कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिएर काम गर्ने बताउनु भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीसँग बुधबार भएको भेटमा अर्थमन्त्री पौडेलले गुनासोहरु आएकाले आफूले अवरोधहरु पन्छाएर बजेट र मौद्रित नीतिमा उल्लेखित कार्यक्रमको कार्यान्वयनमा तत्परता लिएको बताउनुभयो ।
निजी क्षेत्रबारे सरकारको दृष्टकोणमा कुनै दुविधा नराख्न आग्रह गर्दै अर्थमन्त्री पौडेलले निजी क्षेत्रप्रति सरकारको सकारात्मक धारणा रहेको र मिलेर काम गर्न तत्पर रहेको बताउनुभयो । ‘रोजगारी, उत्पादन र आर्थिक वृद्धिमा निजी क्षेत्रको महŒवपूर्ण भूमिका छ भन्ने सरकारले महशुस गरेको छ, त्यसका लागि सहकार्य हुन्छ । निजी क्षेत्रलाई हतोसाहित तुल्लाएर र मनोबल गिराएर सार्थक उपलब्धि हासिल हुन सक्दैन’–उहाँले भन्नुभयो । कुनै पनि कुरा निजी क्षेत्रलाई इम्पोज नगर्ने भन्दै अर्थमन्त्री पौडेलले सल्लाह र सुझाव लिँदै निजी क्षेत्रको सहभागितामा नीति निर्माण गर्ने जानकारी दिनुभयो ।
उहाँले भन्नभयो–‘निरन्तर संवाद र छलफलमा रहिरहन्छौं । सुझाव सुन्छौं । मिलेर काम गर्छौ ।’ अर्थमन्त्री पौडेलले निजी क्षेत्रले दिने सुझावबारे विषयगतरूपमा समेत छलफल गर्ने भन्दै व्यवहारिक र कार्यान्वयन जान सकिने सुझाव दिन निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले बजेट तथा मौद्रिक नीतिमा उल्लेखित कार्यक्रमको कार्यान्वयनमा जोड दिनु भएको थियो । महासंघका अध्यक्ष शेखर गोल्छाले महासंघ भिजन पेपेर बनाउने क्रममा रहेको जानकारी दिँदै त्यसलाई अन्तिमरूप दिई सरकारसँगको सहकार्यमा अघि बढाउने बताउनुभयो ।
महासंघले तयार गर्ने भिजन डकुमेन्ट विभिन्न देशका सफल अनुभव र मोडलका आधारमा तयार गरिने स्पष्ट पार्नुभयो । डकुमेन्ट तयारी पछि सरकारबाट स्वीकृत गराई सहकार्यमा लगिने बताउनुभयो । साथै उक्त डकुमेन्टमा मुलुकले हासिल गर्ने तत्कालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्यहरू किटान गरिने बताउनुभयो । अध्यक्ष गोल्छाले राजस्व बोर्डलाई निजी क्षेत्रको समेत सल्लाह सुझावमा पूर्णता दिन आग्रह गर्दै यसले निजी क्षेत्रमा समेत थप जिम्मेवारीको बोध भई सहकार्य गर्न सहयोग पुग्ने सुझाव दिनुभयो ।
अर्थतन्त्रको पुनरूत्थानका लागि महासंघले विज्ञसमेतको सहयोगमा अनुसन्धानमा आधारित रहेर सुझावहरू तयार गरी सरकारमा पेश गर्ने तयारी गरेको बताउनुभयो । कोभिड संकटमा महासंघले दिएका कतिपय सुझाव बजेट तथा मौद्रिक नीतिमार्फत सम्बोधन भएको तर स्थानीय तहमा साना उद्यमी व्यवसायीले मौद्रिक नीतिमार्फत दिइएका सुविधा कार्यान्वयन गर्न वाणिज्य बैंकहरूले आनाकानी गरि रहेको जानकारीमा आएकाले मौद्रिक नीतिमार्फत दिइएका सुविधा अक्षरश लागू गर्न आग्रह गर्नुभयो । उहाँले समग्रमा साना उद्यमी व्यवसायी लक्षित विशेष स्टिमुलस प्याकेजकै खांँचो औंल्याउनुभयो । उहाँले भन्नुभयो–‘त्यस्ता स्टिमुलस प्याकेजले विशेष गरी साना र कमजोर उद्यमी व्यवसायीलाई पुनरूत्थान गर्न सहयोग गरोस् ।’

प्रतिक्रिया दिनुहोस्