एकैदिन एक हजार ८ सय घट्यो सुनको मूल्य



न्युज अफ नेपाल, काठमाडौं ।

सुनको मूल्य एकैदिन एक हजार ८ सय रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य आज ९२ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, सोमबार ९४ हजार तीन सय रुपैयाँमा खरिद बिक्री भएको छापावाल सुनको मंगलबार ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि तोलामा ३० रुपैयाँले घटेको महासंघले जनाएको छ । सोमबार १२ सय १० रुपैयाँ तोलामा कारोबार भएको चाँदीको मूल्य मंगलबार ११ सय ८० रुपैयाँमा बारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्