शिवम् सिमेन्ट उद्योगमा आगलागी



हेटौंडा, (नेस)
हेटौंडा उपमहानगरपालिका–१६ मा अवस्थित शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको छ । विद्युत् सर्ट भएर उद्योगको कोइला च्याम्बरमा शनिबार विहान करिब साढे ७ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
उहाँले आगलागीबाट मानवीय र ठूलो धनजन क्षति नभए पनि करिब ३ लाख ५० हजार बराबरको क्षति भएको बताउनुभयो । स्थानीय, प्रहरी, उद्योगका कर्मचारी र हेटौंडा उपमहानगरपालिकाको दमकलको सहयोगबाट आगो नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्