मकवानपुरका ५ सहकारीलाई ब्रान्ड



हेटौंडा, (नेस)

बचत तथा ऋण सहकारी संघहरुको छाता केन्द्रीय संघ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) ले प्रदान गर्दै आएको नेपालस्तरको ब्रान्डिङ पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोबेशन) ब्रान्ड मकवानपुरका ५ वटा बचत तथा ऋण सहकारीले प्राप्त गरेका छन् ।
ब्राण्ड प्राप्त गर्ने सहकारीमा हेटौंडा–१३ को महिला मिलन साकोस, हेटौंडा–१५ को महिला जनचेतना साकोस, मकवानपुरगढी–३ को जागरण साकोस, भीमफेदी–३ को महिला अभियान साकोस र इन्द्रसरोवर–४ को सक्रिय महिला साकोस छन् । मकवानपुरका ५ सहित देशभर ४० वटा सहकारी संस्थाले प्रोबेशन ब्राण्ड प्राप्त गरेका छन् । गत वर्ष ३४ वटा सहकारीले ब्रान्ड हात पारेका थिए । नेफ्स्कुनले आफ्ना सदस्य साकोसहरुको दिगो विकास, व्यावसायिकरण र गुणस्तर सुनिश्चिताका लागि प्रोबेशन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्