टेलिकमको एसएमएस अफर



काठमाडौं, (नेस)
तिहार, छठ तथा नेपाल संवतको अवसरमा नेपाल टेलिकमले एसएमएस प्याकका साथै विभिन्न प्रकारका प्याक उपलब्ध गराएको छ ।
सामान्य अवस्थामा एउटा एसएमएस पठाउँदा ५० पैसा शुल्क लाग्ने गरेको छ । हाल नेपाल टेलिकमले उपलब्ध गराइरहेको अटम अफरअन्तर्गतको एसएमएस प्याकमा तीन प्रकारका सहुलियत उपलब्ध छन् । जसमध्ये ५ रुपियाँमा २० वटा एसएमएस, १५ रुपियाँमा ७० वटा एसएमएस र ६० रुपियाँमा ३०० वटा एसएमएस रहेका छन् । यी प्याक क्रमशः १ दिन, ७ दिन र २८ दिनको समयावधिभित्र प्रयोग गर्न सकिन्छ । २० वटा एसएमएसका लागि एसएमएस २०, ७० वटा एसएमएसका लागि एसएमएस ७० र ३०० वटा एसएमएसका लागि एसएमएस ३०० लेखेर १४१५ मा एसएमएस पठाउन सकिन्छ । यसैगरी इस्ट्रिक १४१५ एस्ट्रिक १ एस्ट्रिक ५ ह्यास डायल गरेर ववा एपबाट पनि एसएमएस सेवा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्