शिवम् सिमेन्ट्सको साधारण सभा



काठमाडौं, (नेस)
शिवम् सिमेन्ट्स लिमिटेडले आर्थिक वर्ष २०७६÷७७ को वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभामा कम्पनीे सञ्चालक समितिका अध्यक्षले वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । साथै सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजी ४ अर्व ४० करोडको २४ दशमलव २१ प्रतिशतका दरले शेयरधनीलाई नगद लाभाँस वितरणका लागि लेखापरीक्षक नियुक्तीलगायतका प्रस्ताव पारित गरेको छ ।
कम्पनी सञ्चालक समितिका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयलको अध्यक्षतामा सम्पन्न उक्त सभामा शेयरधनीले व्यक्त गर्नु भएका राय, सुझाव, टिप्पणी, जिज्ञासालाई जवाफ दिनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्