अर्थमन्त्रीलाई चेम्बरका २२ सुझाव



काठमाडौं, (नेस)
नेपाल चेम्बर अफ कमर्सले अर्थतन्त्रलाई चलायमान बनाउन र उद्योग व्यापारको क्षेत्रमा पुनर्जीवन दिनका लागि अर्थमन्त्रीलाई २२ बुँदे सुझाव पेश गरेको छ । बुधबार अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भटे गरी चेम्बरले सो सुझाव दिएको हो ।
चेम्बरका पदाधिकारीसँगको भेटमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार निजी क्षेत्रको मनोबल र आत्मविश्वास बढाएर काम तयार रहेको उल्लेख गर्नुभयो छ । अर्थमन्त्री पौडेलले निजी क्षेत्रलाई सहयोग र प्रोत्साहन गरेर कोभिड–१९ले पारेको प्रतिकूलता न्यूनीकरण गर्दै अर्थतन्त्रको पुनः उत्थान गर्न सकिने बताउनुभयो । उहाँले त्यसका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्न आवश्यक रहेको धारणासमेत राख्नुभएको थियो ।
अर्थमन्त्री पौडेलले प्रतिकूल अवस्थामा स्वास्थ्य सुरक्षाका सबै मापदण्डलाई विशेष ध्यान दिएर व्यापार, व्यवसाय र उद्योग चलाई अर्थतन्त्रलाई चलायमान बनाउन आग्रह गर्नुभएको थियो । उहाँले बजेटमा उल्लेख गरिएका राहत र पुनः उत्थानका कार्यक्रमलाई सबैको साथ लिएर कार्यान्वयन गरिने पनि बताउनुभयो ।अर्थमन्त्री पौडेलले सरकारले निजी क्षेत्रका समस्या र कठिनाइलाई बुझ्ने र निजी क्षेत्रले सरकारको सीमा र भूमिकालाई बुझेर अघि बढ्दा धेरै समस्या समाधान सकिने धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्