पाकिस्तानसंँगको व्यापारिक सम्बन्ध विस्तारमा जोड



नेपाल समाचारपत्र, काठमाडौं
नेपाल उद्योग परिसंघले पाकिस्तान र टर्कीसँग आर्थिक साझेदारी तथा द्विपीक्षय व्यापार प्रवद्र्धनका लागि सहकार्य बढाउनुपर्नेमा सम्बन्धित देशमा कार्यभार सम्हाल्न जान लाग्नु भएका नेपाली राजदूतसँग आग्रह गरेको छ । पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीसँग कार्यभार सम्हाल्न जानु अघि अन्तक्र्रिया गर्दै परिसंघले सफल कार्यकालको शुभकामनासमेत दिएको हो ।
राजदूत अधिकारीसँगको अन्तक्र्रियामा परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले भन्नुभयो–‘नेपाल उद्योग परिसंघले आर्थिक कूटनीतिलाई उच्च महत्व दिँदै आएको छ । देशको आर्थिक विकासका लागि लगानी तथा व्यापार प्रवद्र्धनका लागि आर्थिक कूटनीतिमा विभिन्न देशमा रहेका नेपाली दुतावाससँग परिसंघले संवाद तथा सहकार्यलाइ सुदृढ गर्न प्रयासरत छ ।’
पाकिस्तानसंँगको लगानी तथा व्यापारिक सम्बन्ध विस्तार गर्न त्यहँँको सरकार र लगानीकर्तासँग सम्बन्ध सुदृढ गर्न राजदूतावासको थप सक्रियता आवश्यक रहेकाले यसमा नवनियुक्त राजदूतहरुले भूमिका निर्वाह गर्नेमा विश्वस्त रहेको पनि वरिष्ठ उपाध्यक्ष अग्रवालले विश्वास व्यक्त गर्नुभयो । लगानी साझेदारी तथा व्यापार विस्तारका सम्भावना अत्यधिक हँुदँहँुदै पनि आपूर्ति प्रणालीमा रहेका अवरोधले समस्या पारिरहेकाले त्यसमा आवश्यक पहल लिन पनि वरिष्ठ उपाध्यक्ष अग्रवालले राजदूत अधिकारीसँग आग्रह गर्नुभयो । छलफलमा राजदूत अधिकारीले नेपाल र पाकिस्तानबीच रहेको सम्बन्धको उपयोग गरेर द्विपक्षीय व्यापार तथा लगानी विस्तारमा देखिएका अवरोध हटाउने कामलाई मुख्य प्राथमिकतामा राखेको बताउनुभयो । नेपालले पाकिस्तानमा ठूलो परिमाणमा चिया तथा अलैंची निर्यातको अवसरलाई उपयोग गर्न वैकल्पिक आपूर्ति प्रणालीका उपायबारे थप अध्ययन तथा काम थाल्नुपर्ने राजदूत अधिकारीको भनाइ थियो ।
राजदूत अधिकारीले द्विपक्षीय आर्थिक तथा पर्यटन प्रवद्र्धनका संयन्त्रलाई पुनः सक्रिय बनाउनेतर्फ पनि आफूले पहल गर्ने विश्वास दिलाउनुभयो ।
यसैगरी टर्कीलाई पनि प्रतिनिधित्व गर्ने भएकाले त्यसतर्फको निर्यात बढाउनेतर्फ ध्यान दिनुपर्ने पनि राजदूत अधिकारीले आग्रह गर्नुभयो । सो अवसरमा परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले आर्थिक कूटनीतिको माध्यमद्वारा द्विपक्षीय व्यापार विस्तारमा दूतावास थप सक्रिय हुने विश्वास लिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्