डेढ मेगावाटका लघुविद्युत् आयोजना मिनीग्रिड जोडिँदै



काठमाडौं, (नेस)
राष्ट्रिय प्रसारण लाइनको पहुँचबाट टाढा रहेका लघु तथा साना जलविद्युत् आयोजनालाई एकापसमा जड्ने गरी मिनीग्रिड निर्माणका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नेपाल विद्युत प्राधिकरणले प्रक्रिया शुरू गरेका छन् । जुम्लाका सात लघु तथा साना जलविद्युत् आयोजनालाई जोड्न विस्तृत सम्भाव्यता अध्ययन गनका लार्गि केन्द्र र प्राधिकरणको इन्जिनियरिङ कम्पनीबीच सम्झौता भएको छ ।
केन्द्रको खर्चमा कम्पनीले सम्भाव्यता अध्ययन गर्नेछ । मिनी ग्रिडमा जोड्ने तयारी गरिएका सात परियोजनामध्ये केन्द्रको अनुदान सहयोगमा छ तथा प्राधिकरणको सहयोगमा एक आयोजना निर्माण भएका थिए । सात परियोजनामा चन्दननाथ नगरपालिकास्थित २०० किलोवाट क्षमताको घुघुजी साना जलविद्युत् आयोजना प्राधिकरणको सहयोगमा निर्माण भएको हो ।
त्यस्तै तातोपानी गाउँपालिकास्थित २०० किलोवाट क्षमताको गिरीखोला साना जलविद्युत् आयोजना, चन्दननाथ नगरपालिकै १०० किलोवाटको जुवानदी ठिन्केबाँध लघु जलविद्युत् आयोजना तथा पातारासी गाउँपालिकाका ४५ किलोवाटको त्रिवेणी लघु जलविद्युत् आयोजना, ३१ किलोवाटको लुम लघु जलविद्युत् आयोजना, डिल्लीचौरस्थित ५० किलोवाटको लघु जलविद्युत् आयोजना र ९९८ किलोवाट क्षमताको चुकेनी खोला साना जलविद्युत् गरी कुल १ दशमलव ६२४ मेगावाट क्षमताका आयोजना मिनीग्रिड जोडिने छन् ।

प्रतिक्रिया दिनुहोस्