निक्षेप र कर्जा परिचालन घट्यो



नेपाल समाचारपत्र, काठमाडौं । 

आर्थिक वर्ष २०७७/७८ को दुई महिनामा कुल आन्तरिक कर्जा शून्य दशमलव ३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा शून्य दशमलव १ प्रतिशतले घटेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा भदौ मसान्तमा यस्तो कर्जा १३ दशमलव ३ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी १ दशमलव ६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी ३ दशमलव ६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा भदौ मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १० दशमलव ३ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप शून्य दशमलव ५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप शून्य दशमलव ४ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १८ दशमलव ७ प्रतिशतले बढेको छ । भदौमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ७ दशमलव ५ प्रतिशत, ३२ दशमलव ६ प्रतिशत र ५० दशमलव ९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ७ दशमलव ९ प्रतिशत, ३२ दशमलव ५ प्रतिशत र ४८ दशमलव ३ प्रतिशत रहेको थियो ।

त्यस्तै भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४३ दशमलव २ प्रतिशत रहेको छ । भदौ मसान्तमा यस्तो निक्षेपको अंश ४४ दशमलव ६ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा शून्य दशमलव ५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २।५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ९ दशमलव ८ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह शून्य दशमलव ५ प्रतिशतले र विकास बैंकहरुको कर्जा प्रवाह १ दशमलव २ प्रतिशतले बढेको छ भने वित्त कम्पनीहरुको १ दशमलव ७ प्रतिशतले घटेको छ । भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६ दशमलव २ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२ दशमलव ८ प्रतिशत कर्जा चालु सम्पत्ति ९कृषि तथा गैर–कृषिजन्य वस्तु० को धितोमा प्रवाह भएको छ । भदौ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४ दशमलव ३ प्रतिशत र १३ दशमलव ७ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७७/७८ को दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा शून्य दशमलव १ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा शून्य दशमलव २ प्रतिशतले र निर्माण क्षेत्रतर्फको कर्जा १ दशमलव २ प्रतिशतले घटेको छ भने यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ३ दशमलव १ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा शून्य दशमलव २ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३ दशमलव ३ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा १ दशमलव ७ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा २ दशमलव ८ प्रतिशतले र मार्जिन प्रकृति कर्जा ४ दशमलव ७ प्रतिशतले बढेको छ भने ओभरड्राफ्ट कर्जा १ दशमलव ३ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) शून्य दशमलव ५ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ७ दशमलव ९ प्रतिशतले र हायर पर्चेज कर्जा १ दशमलव ४ प्रतिशतले घटेको छ ।

यसैबीच आर्थिक वर्ष २०७७/७८ को दुई महिनामा रिभर्स रिपोमार्फत ६० अर्ब रुपियाँ तरलता प्रशोचन गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब तरलता प्रशोचन भएको थियो भने स्थायी तरलता सुविधामार्फत ३४ अर्ब २ करोड तरलता प्रवाह गरिएको थियो । केन्द्रीय बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ७१ करोड ५१ लाख खूद खरिद गरी ८५ अर्ब २७ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ४६ करोड ७ लाख खूद खरिद गरी ५२ अर्ब ४६ करोड तरलता प्रवाह गरिएको थियो ।समीक्षा अवधिमा अमेरिकी डलर ५४ करोड बिक्री गरी ६४ अर्ब ३९ करोड बराबरको भारतीय रुपियँँ खरिद भएको छ । अघिल्लो वर्ष अमेरिकी डलर ७८ करोड बिक्री गरी ५५ अर्ब ७ करोड बराबरको भारतीय रुपियाँ खरिद भएको छ ।

प्रतिक्रिया दिनुहोस्