तरकारी, दाल र गेडागुडीको मूल्य वृद्धि उच्च



नेपाल समाचारपत्र, काठमाडौं ।

चालू आर्थिक वर्षको दोस्रो महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ५२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६ दशमलव १६ प्रतिशत रहेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार सो अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६ दशमलव ९१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २ दशमलव ६८ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको भदौको तुलनामा यस वर्षको भदौमा तरकारी एवम् दाल तथा गेडागुडीको मूल्य वृद्धि उच्च रहेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकामा ३ दशमलव ६६ प्रतिशत, तराईमा ४ दशमलव ७१ प्रतिशत, पहाडमा ४ दशमलव ७३ प्रतिशत र हिमालमा ४ दशमलव ५१ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७६ भदौमा यी क्षेत्रहरुमा क्रमशः ७ दशमलव ९० प्रतिशत, ५ दशमलव ६९ प्रतिशत, ५ दशमलव शून्य ९ प्रतिशत र ५ दशमलव दशमलव २ प्रतिशत मुद्रास्फीति रहेको थियो । गत भदौमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ८ दशमलव ८० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६ दशमलव ४० प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पु“जीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १० दशमलव ९३ प्रतिशत, ८ दशमलव ६२ प्रतिशत र २ दशमलव ६१ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्य २ दशमलव १३ प्रतिशतले घटेको छ ।

यसैबीच भदौमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकांक १ दशमलव २० प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकांक १२ दशमलव ९० प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकांक शून्य दशमलव शून्य १ प्रतिशत र ज्यालादर सूचकांक १ दशमलव ५५ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्