आयात घट्दा पनि दुई महिनामा व्यापार घाटा पौने २ खर्ब



नेपाल समाचारपत्र, काठमाडौं । 

आर्थिक वर्ष २०७७/७८ को पहिलो दुई महिनामा वस्तु व्यापार घाटामा सुधार आएको छ । यस्तो घाटामा २४ दशमलव ९ प्रतिशतले कमी आई १५८ अर्ब ४० करोड रुपियाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ३ दशमलव १ प्रतिशतले ह्रास आएको थियो ।

समीक्षा अवधिमा निर्यात–आयात अनुपात ११ दशमलव ४ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८ दशमलव १ प्रतिशत रहेको थियो । दुई महिनामा कुल वस्तु निर्यात १० दशमलव ५ प्रतिशतले वृद्धि भई २० अर्ब ४४ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २५ दशमलव ९ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारततर्फ १८ दशमलव ७ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकतर्फ क्रमशः ५४ दशमलव ९ प्रतिशत र २ दशमलव ९ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा आयुर्वेदिक औषधि, चाउचाउ, जडिबुटी, जुटका सामान, पश्मिनालगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जुस, लत्ताकपडा, जस्तापाता लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७७/७८ को दुई महिनामा कुल वस्तु आयात २२ दशमलव १ प्रतिशतले घटेर १७८ अर्ब ८५ करोड रुपियाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १ दशमलव २ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६ दशमलव ५ प्रतिशत, ४० दशमलव १ प्रतिशत र २३ दशमलव ६ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, खाने तेल, कोइलालगायतका वस्तुको आयात

बढेको छ भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, अन्य मेसिनरी तथा पार्टपुर्जा, तयारी पोशाक, कच्चा पाम तेललगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फवीरगन्ज, भैरहवा, विराटनगर, नेपालगन्ज, मेची, कृष्णनगर र कैलाली भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा ह्रास आएको छ । आयाततर्पm नेपालगन्ज, कृष्णनगर र कैलाली भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।

वार्षिक विन्दुगत आधारमा भदौ महिनामा भन्सार तथ्यांकमा आधारित निर्यातको एकाइ मूल्य सूचकांक शून्य दशमलव शून्य ७ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकांक ४ प्रतिशतले घटेको छ । गत वर्षको भदौमा

४ दुई महिनामा वस्तु व्यापार घाटामा सुधार आएको छ । यस्तो घाटामा २४ दशमलव ९ प्रतिशतले कमी आई १५८ अर्ब ४० करोड रुपियाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ३ दशमलव १ प्रतिशतले ह्रास आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ११ दशमलव ४ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८ दशमलव १ प्रतिशत रहेको थियो । १ प्रतिशतले बढेको व्यापारको शर्त यसपटकको भदौ महिनामा ४ दशमलव ९ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्