नासाको अन्तरिक्ष यान ओसिरिस रेक्स छुद्रग्रह बेनुलाई छुन सफल



वासिंगटन (एजेन्सी) ।

अमेरिकी स्पेस एजेन्सी नासाको अन्तरिक्ष यानले अन्तरिक्षमा एक एतिहासिक उपलब्धी हासिल गरेको छ । नासाको आसिरिस रेक्स अन्तरिक्ष यानले ठुलो भवन आकारका छुद्र ग्रहहरुमध्यको एक बेनुलाई सफलता पुर्वक छोएको हो । छुद्रग्रहलाई छुने क्रममा यानले केही चटनको केही नमुना संकलन गरेको थियो ।
कुनै छुद्रग्रहको चट्टान नमुना लिने अमेरिका जापानपछिको दोस्रो देश बनेको छ । छोएर अलगिने क्रममा यानले बेनुबाट कति मात्रामा नमुना प्राप्त गर्न सकेको छ भन्ने बारेमा अर्को हप्ता मात्र थाहा हुने बताइएको छ ।

यसकै आधारमा अर्को टचडाउनको आवश्यक हुन्छ वा हँुदैन भन्ने निर्णय लिइने नासाले जनाएको छ ।युनिभर्सिटी अफ एरिजोनाका प्रमुख वैज्ञानिक डाँटे लारन्टाले यस सफलतामा खुसी ब्यक्त गर्दै यो मिसन पुरा भयो भन्नेमा आफुलाई विश्वास गर्न गाह्रो भइरहेको बताइन् । अन्तरिक्ष यानले सबै काम पुरा गरेको बताइएको छ । ओसिरिस रेक्सले बेनुलाई टचडाउन गरेको पुष्टि २० करोड माइल दुरीबाट दिए, त्यसपछि यसमा आबद्ध मिसन टोली खुसीले उफ्रेका थिए । ओसिरिस रेक्स उक्त नमुनासँगै सन् २०२३ मा पृथ्वीमा फर्कने छ ।

ओसिरिस रेक्सलाई सुरुमै ग्राउन्ड कन्ट्रोल कमान्ड दिएको थियो । त्यसपछि करिब साढे ४ घन्टामा यान आफनो कक्षबाट बेनुको सहतमा पुगे । यानलाई रुकिरहन ५ सय १० मिटर बेनुमा पर्याप्त गुरुत्वाकर्षण छैन । त्यसले यान पुरै अवतरण नभई ३ दशमलव ४ मिटरको रोबोटिक आर्मलाई सतहसम्म पुर्याए र कम्तिमा ६० ग्राम नमुना संकलन गर्ने प्रयास गरे ।

ओसिरिस रेक्सले दुई बर्षदेखि बेनुको परिक्रममा गरिरहेको थियो र उक्त अन्तरिक्ष चट््टानको चाललाई निगरानी गर्दै आइरहेको थियो । यान छुद्रग्रहको नाइटिंगेल नामक क्रेटरमा स्पाइरल यात्रा गर्दै पुगे, जहाँ यानलाई अवतरणका लागि ८ मिटर चौडाइको एक क्षेत्र थियो । नाइटिंगेल क्रेटर पनि सेम्पलका लागि महत्वपुर्ण थियो । यहाँ मसिना धुलाका कण, कंकड पत्थर छन् जुन धेरै समयदेखि वरपरको पर्यावरणको सम्पर्कमा नआएको हुन सक्ने बताइएको छ ।

वैज्ञानिकहरुलाई कम्तिमा ६० ग्राम नमुना आवश्यक छ । यदि यो पटक यति धुला प्राप्त नभएको हो भने अक्टोबर ३० मा अब के गर्ने भन्ने विषयमा निर्णय गर्ने छ । अर्को प्रयास भनेको ब्याकअप साइट अस्प्रेमा सन् २०२१ जनवरीमा मात्र गर्न सकिने बताइएको छ ।

यस अभियानबाट ल्याइएको नमुनाको मद्दतले वैज्ञानिकहरु सौर्य मन्डलको सुरुवाटका बारेमा अध्ययन गर्नेछ । पृथ्वीमा जीवन कसरी सुरु भयो, यसको रहस्य पनि यो नमुनाले खोल्ने आशा गरिएको छ । कयौं अनुसनधानकर्ताहरु पृथ्वीसँग छुद्रग्रहको ठोक्काइ कै कारण जीवन उत्पन्न भएको मान्छन् । नासाका अधिकारीहरु छुद्रग्रहलाइ टाइम क्याप्सुल बताउँछन् । किनभने यो ग्रहकै बजेका पदार्थले बनेका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्