कर कार्यालय सञ्चालनमा



लमजुङ(नेस) ।

लमजुङ सदरमुकाम वेसीशहरमा करदाता सेवा कार्यालय सञ्चालनमा आएको छ । हिमाली जिल्ला मनाङ र लमजुङलाई कार्यक्षेत्र बनाई कार्यलय सुचारु गरिएको हो ।

बिहीबारबाट सेवा सुचारु गरिएको कार्यालय प्रमुख कर अधिकृत सुशिल लम्सालले बताउनुभयो ।
उहाँका अनुसार अब लमजुङ र मनाङका सेवाग्राहीले बेसीशहरबाटै कर सम्बन्धी सेवा लिन पाउनेछन् ।

बेसीशहरमै कर कार्यालय खुलेपछि कर तिर्न छिमेकि जिल्ला तनहुँ सदरमुकाम दमौली पुग्नुपर्ने स्थानियको बाध्यता हटेको छ ।

यसअघि मनाङ र लमजुङका करदाता कर तिर्न दमौली पुग्थे । जिल्लामै कर समबन्धी सेवा सन्चालन भएसंगै यस क्षेत्रका सेवाग्राहीहरुलाई सहज भएको छ ।

व्यवसायी र करयोग्य आम्दानी गर्नेलाई करको दायरामा ल्याउने सरकारको लक्ष्य पुरा हुने बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बताउनुभयो ।

व्यक्तिगत प्यान, प्यान दर्ता, नविकरण, खारेजी, आय व्यय विवरण, कर दाखिला लगायतका सेवाहरू लिन पाउने गरी व्यवस्था मिलाइएको कार्यालय प्रमुख लम्सालको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्