आज कति छ सुनचाँदीको भाउ ?



काठमाडौं । बुधबार सुनको मूल्य ८ सय रुपैयाँले ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदि पनि प्रतितोला २५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

गत कारोबार दिन मंगलबार छापावाल सुनप्रति तोला ९४ अजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्