भन्सार छलिएका कपडा भन्सार दाखिला



नेपाल समाचारपत्र, हेटौंडा
प्रहरीले बारामा भन्सार छली गरी भित्र्याइएको ठूलो परिमाणका कपडा बरामद गरी भन्सार दाखिला गरेको छ । सिमरा उपमहानगरपालिका वडा–७ स्थित पथलैया–वीरगन्ज सडकखण्डमा वीरगन्जबाट जितपुर आउँदै गरेको ना. २ च ६६७९ नम्बर पिकअप चेक गर्दा भन्सार छलिएको कपडा बरामद गरेको हो ।
भारतबाट भन्सार छलेर नेपाल भित्र्याइएको करिब ११ लाख ५५ हजार ६ सय ८७ रुपियाँ बराबरको कपडा बरामद गरी पिकअप र पिकअप चालक वीरगन्ज–२१ बस्ने वर्ष २२ का छोटेलाल पटेललाई राजस्व कार्यालय पथलैयामा बुझाइएको छ ।
इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले निजगढ नगरपालिका वडा–९ स्थित पूर्वपश्चिम राजमार्गमा सवारी चेक गर्ने क्रममा सर्लाहीबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश–२–०३–००१ च ०४९७ नम्बर पिकअपबाट १ लाख २८ हजार मूल्य बराबरको ३२० किलो अलैंची फेला परेको थियो । उक्त पिकअपसमेत आवश्यक कारबाहीका लागि राजस्व कार्यालय पथलैयामा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्