एनसेलको चाडपर्व लक्षित योजना



काठमाडौं, (नेस)
एनसेलले गरेको दशैं, तिहार र छठ पर्वको अवसरमा भ्वाईस सेवाका ग्राहकका लागि ‘कुरै कुरामा उपहार’ योजना ल्याएको छ । यस योजनाअन्तर्गत एनसेलका सबै प्रिपेड ग्राहकले अन नेट, अफ नेट वा अन्तर्राष्ट्रिय कल गरी तोकिएको निश्चित मिनेटको भ्वाइस सेवा प्रयोग गरी आकर्षक उपहार जित्ने मौका पाउनेछन् ।
दैनिक, साप्ताहिक र बम्पर उपहार यो योजनाको मुख्य विषेशता हुन् । प्रिपेड ग्राहकले भ्वाइस सेवाको प्रयोग गरी जति धेरै कुराकानी गर्छन् त्यतिनै धेरै उपहार जित्ने मौका पाउनेछन् । यो आकर्षक योजना असोज १८ गतेदेखि मंसिर १३ गतेसम्म कायम रहनेछ ।
चाडपर्वको अवसरमा ल्याइएको यो योजनाबाट फाइदा लिन एनसेलका प्रिपेड ग्राहकले १७१०७ मा डायल गरी सजिलै निःशुल्क सहभागि हुन सक्नेछन् । यस योजनामा सहभागिहुने बित्तिकै ग्राहकले हरेक दिन भ्वाइस कल गर्नका लागि निश्चित मिनेटको लक्ष्य पाउनेछन् । तोकिएको निश्चित मिनेटको भ्वाइस कल गर्ने बित्तिकै ग्राहकले त्यही दिनको मध्यरातसम्मको समयसिमा रहेको बोनस अन नेट टक टाइम तुरुन्तै पाउनेछन् र यस योजनाअन्तर्गतको उपहार जित्न योग्य हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्