आज घट्याे सुनचाँदीको मूल्य, हेर्नुहाेस कतिमा हुँदैछ काराेबार ?



काठमाडौँ । आज साताको दोस्रो दिन अर्थात सोमबार सुनको केही घटेको छ।

आज प्रतितोला ४ सय रुपैयाँले घटेर सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज तेजावी सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कोरोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको भाउ भने स्थिर छ । आज चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा कोरोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्