साताको छैटौँ दिन सुनको मूल्य ३ सयले घट्याे


काठमाडौँ ।
साताको छैटौँ दिन अर्थात शुक्रबार सुनको मूल्य ३ सयले घटेको छ। आज छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कोरोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कोरोबार भएको थियो।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुनको मूल्य ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १३ सय २५ रुपैयाँमा कोरोबार भएको थियो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।