डब्ल्युएचओको चेतावनी : हालसम्मका कोरोना खोप ५० प्रतिशत पनि प्रभावकारी छैनन्



पेरिस (एजेन्सी) । 

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोना भाइरस विरुद्ध विकसित भइरहेका खोपका सम्बन्धमा निरासा पार्ने बयान दिएको छ ।

विश्वमा कयौं देशमा कोरोना भाइरस खोपको परीक्षण अन्तिम चरणबाट गुज्रिरहेका छन् । यसबी डब्ल्युएचओले निर्धारित मापदण्ड अनुसार क्लिनिकल परीक्षणको एडभान्स स्टेजमा पुगेका कुनै खोप ५० प्रतिशत पनि कोरोना भाइरस विरुद्ध प्रभावकारी नदेखिएको बताएको छ । उक्त विश्व संस्थाले आगामी बर्ष सन् २०२१ सम्म पनि विश्वका सबैले खोपको आवश्यक डोज पाउने आश नभएको पनि जनाएको छ ।

विश्व स्वास्थ्य संगठनका प्रवक्ता मार्गरेट ह्यारिसले जेनेभामा विश्व भरी कोरोना भाइसरका कयौं खोप एडभान्स क्लिनिकल स्टेजमा रहेको जानकारी दिएको हो । तर कुनै पनि खोपका लागि त्यो पुर्ण रुपमा प्रभावकारी भएको भन्न सक्ने अवस्था नरहेको उनले बताए । अर्को बर्षको मध्य सम्म पनि ब्यापक खोपको अपेक्षा गर्न नसकिने उनले सचेत गराए । तेस्रो चरणको परीक्षणमा धरै समय लागिरहेका छ किनभने ती खोप कोराना भाइरस विरुद्ध कति सुरक्षा दिन्छ र त्यसको कुनै साइट इफेक्ट त छैन भन्ने जस्ता गम्भिर पक्ष हेर्न चाहेको ह्यारिसले बताए ।

हर्ड इम्युनिटीको सम्भावना न्युन

यसअघि विश्व स्वास्थ्य संगठनका आपतकालिन मामिला प्रमुख डाक्टर माइकल रेयानले हर्ड इम्युनिटी प्राप्त हुने आशामा बस्न नहुने पनि चेतावनी दिएका थिए । विश्वको आवादीका रुपमा भाइरसको प्रसार रोक्न आवश्यक प्रतिरोधात्मक क्षमता विकास हुने स्थितिको अलिकति पनि नजिक नभएको उनले बताए ।

हर्ड इम्युनिटी कुनै समाधान होइन र हामीले जुन कुरा हेर्नु पर्ने हो त्यहाँ यस प्रकारको समाधान नै छैन । अहिलेसम्म भएको धेरैजसो अध्ययनमा मात्र १० देखि २० प्रतिशत आवादीमा मात्र सम्बन्धित रोग प्रतिरोधात्मक क्षमता देखिएको छ , ती ब्यक्तीहरु नै हर्ड इम्यिुनिटी उत्पन्न गर्न सहायक हुन सक्छ । तर यति थोरै एन्टिबडिजको दरबाट हर्ड इम्युनिटी प्राप्त गर्न सक्दैन ।

संयुक्त राष्ट्रको उक्त स्वास्थ्य एजेन्सीले सुरक्षित र प्रभावकारी प्रमाणित हुन अगाडी कुनै पनि कोविड १९ खोपको उपयोगका लागि सिफारिस नगर्ने डब्ल्युएचओका प्रमुखले बताए । यद्यपी चीन र रुसले ब्यापक प्रयोगको नतिजा नआउँदै आफ्ना खोपको उपयोग गर्न सुरु गरिसकेका छन् ।

डब्ल्युएचोबा प्रमुख टेड्रोस अदानामे गेब्रेयसुसले खोपको प्रयोग दशकौं देखि सफलता पुर्वक गरिँदै आइरहेको बताए । पोलियो र ठेउला उन्मुलनमा यसको योगदान रहेको उनले उल्लेख गरे । आफुले जनतालाई प्रभावकारी र सुरक्षित नभएको कुनै पनि खापलाई डब्ल्युएचओले समथर्न नदिने कुरामा आश्वस्त पार्न चाहेकोमा उनले जोड दिए ।

जर्जिया विश्व विद्यालयको भ्याक्सिन र इम्युनोलोजी केन्द्रका निर्देशक टेड रोसले कोरोनाको सुरुमा विकिसित भएका खोप त्यति प्रभावकारी नहुने सम्भावना ब्यक्त गरे । टेड रोस आफै पनि कोरोना भाइरसको एक खोपमा काम गरिरहेका छन् जुन सन् २०२१ मा क्लिनिकल ट्रयायलको चरणमा पुग्नेछ । केही अन्य अनुसन्धानकर्ताहरुले पनि खोप विकसित गर्ने विषयमा एउटै रणनितिमा धेरै आश गरेर बस्न नहुने बताएका छन् । विश्वभरी प्रयोगशालामा ८८ खोप प्रि क्लिनिकल ट्रयालको चरणमा छन् । यसमा ६७ खोप निर्माता सन् २०२१ को अन्त्य तिरमात्र पहिलो क्लिनिकल परीक्षण थाल्ने छन् ।
रुस र चीनले खोप दिइसके

यसबीच रुसले आफना दुई कोरोना खोपलाई अनुमति प्रदान गरिसकेको छ । यद्यपी सबैभन्दा पहिलो कोरोना खोप भएको दावी गरिएको स्पुतनिक भीलाई लिएर विज्ञहरुले आशंका ब्यक्त गर्दै आइरहेका छन् । उक्त खोपलाई मास परीक्षण नहुँदै स्विकृति दिइएको हो ।
चीनले पनि एक महिना अगाडी नै आफना नागरिकलाई खोप दिन थालिसकेको छ । चीनले जुलाई २२ देखि नै आफना नागरिकलाई खोपको डोज दिइरहेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले शनिबार खुलासा गरेको हो । यद्यपी चीनमा क्लिनिकल ट्रायलको अन्तिम चरणमा पुगेका ४ मध्य कुन खोप जनतालाई दिइएको हो भन्ने बताएको छैन । उक्त खोपको कुनै नराम्रो असर नदेखिएको पनि आयोगले दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्