अस्ट्रेलियामा आर्थिक मन्दी



क्यानबेरा, (एजेन्सी) ।

कोरोना भाइरसलेमानवीय संकटनिम्ताइरहेका बेला अब आर्थिक संकट पनि जोडिन थालेको छ। विश्वका प्रायः देशहरू यस महामारीका कारण आर्थिक विपत्तितर्फ धकेलिरहेका छन्।

यसबीच अस्ट्रेलियाले करिब ३० वर्षपछि आधिकारिकरूपमा पहिलोपटक आर्थिक मन्दी भएको जनाएको छ। त्यहाँ जुनपछिको तीन महिनामा पहिलाको सोही अवधिको तुलनामा ७ प्रतिशतले गिरावट आएको हो। गत हप्ता बाहिर आएको आधिकारिक आँकडाबाट यो जानकारी प्राप्त भएको हो। समाचार एजेन्सी सिन्ह्वाका अनुसार अस्ट्रेलियाको तथ्यांक विभागको नयाँ आँकडा यसै वर्षको मार्चपछिको तीन महिनाको भन्दा शून्य दशमलव ३ प्रतिशत कम रहेको छ। यो कीर्तिमान निजीक्षेत्रका कारण आएको हो। जुनकोभिड–१९ महामारी रोक्ने प्रयासअन्तर्गत बन्द थिए वा प्रतिबन्धित थिए।

एबीएसमा नेसनल एकाउन्टका प्रमुख माइकल स्मिथसले यो गिरावटका लागि विश्व नै महामारी र योसँग जोडिएका रोकथामको नीतिलाई जिम्मेवार ठहर्‍याएका छन्। उनले भने–‘यो एक ठूलो मार्जिन हो। यो सन् १९५९ पछि तीन महिनाको जीडीपीमा आएको सबैभन्दा ठूलो गिरावट हो।’

अतिरिक्त सहायता भुक्तानीका कारण नगद रसिद दिइएको सामाजिक सहायता लाभ बढेर ४१ दशमलव ६ प्रतिशत पुगेको छ। परिवहन सेवा, वाहन तथा होटल, क्याफे तथा रेस्टुरेन्टको सञ्चालमा कमी आउनुले सेवा क्षेत्रमा खर्च १७ दशमलव ६ प्रतिशत कम भएको छ।

अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनको एक प्रतिवेदनमा कोभिड–१९को असर राज्यहरूमा पनि फरक–फरकरूपमा महसुस गरिएको उल्लेख गरिएको छ।

न्युसाउथ वेल्स र भिक्टोरियाले सबैभन्दा तीव्र गिरावटको सामना गर्नुपरेको बीआईएस अक्सफोर्ड इकोनोमिक्सका सारा हन्टरलाई उद्धृत गर्दै प्रतिवेदनमा उल्लेख गरेको छ। ती राज्यहरूमा अन्तिम मागमा क्रमशः ६ दशमलव ६ र ८ दशमलव ५ प्रतिशतले गिरावट आएको छ। तास्मानिया पनि अन्तर्राष्ट्रिय पर्यटक नआउँदा संकटमा परेको छ।

प्रतिक्रिया दिनुहोस्