प्राविधिक समस्या हुख्दा नेप्सेको कारोबार प्रभावित



नेपाल समाचारपत्र, काठमाडौं
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आएको प्राविधिक समस्याका कारण साताको पहिलो आइतबारको प्रभावित भएको छ । नेप्सेको साइटमा टीएमएस नखुल्ने तथा खरिदबिक्रीको अर्डर आफैं पटक–पटक दोहोरिने जस्ता समस्या देखिएपछि नेप्सेले कारोबार स्थगित गरेको थियो । तर, समस्या समाधान भएको भन्दै नेप्सेले सवा ३ बजेदेखि सवा ५ बजेसम्म पुनः कारोबार गराएको थियो ।
आइतबार नेप्सेमा कारोबार शुरू हुख्दै गर्दा परिसूचक ओरालो लागेको थियो । प्राविधिक समस्याका कारण कारोबारमा जिकज्याक भइरहे पनि नेप्से बन्द हुनेबेलासम्म परिसूचक ४ दशमलव ६४ अंक बढेर बन्द भएको छ । नेप्से परिसूचक बढे पनि यस दिन सेन्सेटिभ इन्डेक्स भने शून्य दशमलव ८० अंक घटेको छ । कुल १८६ वटा कम्पनीको ३६ लाख ८५ हजार कित्ता शेयर १ अर्ब ६१ करोड ४५ लाख रुपियाख्भन्दा बढीमा भएको कारोबार भएको छ । नेप्सेमा कारोबार स्थगित हुनेबेलासम्म ५० करोड रुपियाख् हाराहारीको शेयर कारोबार भएको थियो । तर, नेप्से पुनः सुचारु भएपछि एक अर्ब रुपियाख्भन्दा बढीको कारोबार भएको छ ।

आइतबार कारोबारमा आएका १२ समूहमध्ये ३ समूहको परिसूचक घटेको छ भने बाख्की ९ समूहको परिसूचक बढेको छ । यस दिन अन्यसमूहको परिसूचक सबैभन्दा धेरै ३. दशमलव शून्य ८ प्रतिशत बढेको छ। कारोबार रकमका आधारमा यस दिन पनि नेपाल पुनर्बीमा कम्पनी अगाडि रहेको छ। सो कम्पनीको मात्रै ३४ करोड ३२ लाख रुपियाख्भन्दा बढीको शेयर कारोबार भएको छ। एनआरएन इन्फ्रास्टक्चरको शेयरमूल्यमा निरन्तर तेस्रो कारोबार दिन सकारात्मक सर्किट लागेको छ ।सो कम्पनीको शेयरमूल्य ४०५ रुपियाख्मा अन्तिम कारोबार भएको छ।
त्यसैगरी यस दिन नेपाल पुनर्बीमा कम्पनी, सिद्धार्थ इन्स्योरेन्स, उन्नती सहकार्य लघुवित्त, हिमालयन पावर र अरुण काबेली पावरका लगानीकर्ताले अन्य कम्पनिका लगानीकर्तालेभन्दा प्रतिशतका आधारमा धेरै कमाएका छन् । तर, तारागाउख् रिजेन्सी होटलका लगानीकर्ताले भने अन्य कम्पनीको तुलनामा बढी गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्